arrow

बाटोमा हिंड्दा उता कानुन गर्भवतीलाई पनि, यता साँढे प्रवृत्ति

logo
प्रकाशित २०७४ फागुन २० आइतबार
paris.jpg

काठमाडौं । नियम कानुन ठूलो कि व्यक्ति ? पक्कै पनि नियम कानुन । किनकि त्यही नियम कानुनभित्र सबै बाँधिन पर्छ । 

फ्रान्सको पेरिसमा एक गर्भवती महिलाले गलत बाटोमा हिंडेको भन्दै जरिवाना तिर्नुपर्याे । उनी छोटो बाटो प्रयोग गरेर रेल चढ्न खोज्दै थिइन् । 

पेरिस मेट्रो स्टेशनमा उनलाई ६० पाउन्ड जरिवाना गरिएको हो । 

‘वन–वे’ मा गएको भन्दै उनलाई जरिवाना गरिएको थियो । पेरिस मेट्रोका अपरेटर आएटीपीले दुर्घटना रोक्नका लागि यो नियन्त्रण गरेको बताएका छन् । 

जरिवाना तिरेकी महिलाकी साथीले सामाजिक संजालमा उक्त जानकारी पोष्ट गरेपछि यो घटना बाहिर आएको हो । 

यसको ब्यापक विरोध र समर्थन पनि भएको छ । 

यो कानुन हो । यसलाई सरल गर्न सकिन्थ्यो । 

तर यसले नेपालीलाई भने गतिलो पाठ सिकाउन सक्छ । कानुन भन्दा ठूलो कोही छैन । 

कानुन सबैलाई लाग्छ । हाम्रो देशमा त ओभर हेड ब्रिज हुँदाहुँदै त्यसको ठ्याक्कै मुनीबाट बाटो काट्ने चलन छ । 

सहज जे लाग्छ त्यही गर्ने गरिन्छ । पाइलैपिच्छे कानुनको धज्जी उडाइन्छ । कम्तीमा यो फ्रान्सको घटना नेपाली जनजीवनमा पनि उदाहरण बन्न सक्छ कि !
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ