arrow

सगरमाथा चढ्न लागेका युवा महिला पत्रकारले गरे प्रचण्डलाई यस्तो आग्रह 

logo
प्रकाशित २०७४ फागुन २० आइतबार
prachanda-journalists-everest.jpg

काठमाडौं । नेपाली संचारमाध्यममा कार्यरत पाँच जना महिला पत्रकारहरुले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आवश्यक सहयोगको पहल गरिदिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमक्ष अनुरोध गरेका छन् ।

अध्यक्ष प्रचण्डको निवास खुमलटार पुगेर महिला युवा पत्रकारहरुले सगरमाथा आरोहणको इतिहासमा नै नयाँ कीर्तिमान राख्ने किसिमले आरोहण गर्न गइरहेको जनाउँदै सरकार र पार्टीका तर्फबाट आवश्यक सहयोगका लागि अध्यक्ष समक्ष अनुरोध गरेका थिए ।

“फस्र्ट वुमेन जर्नालिष्ट्स एभरेष्ट एक्सपेडिसन २०१८” अभियान अन्तर्गत आउँदो अप्रिलमा सगरमाथा आरोहणको तयारीमा रहेको महिला पत्रकारहरुको समूहले सरकारबाट रोयल्टी छूटदेखि अन्य सहयोगका लागि अनुरोध गरे । 

नेपाल टेलिभिजनमा कार्यरत रोजिता बुद्वाचार्यको नेतृत्वमा आएको टोलीले अध्यक्ष प्रचण्डसमक्ष यो आरोहणका समूहगतरुपमा महिला पत्रकारहरुले आरोहण गर्न लागेको पहिलो घटना हुने र दीगो विकासको झण्डा सगरमाथामा फहर्याउने समेत बताएका थिए ।

अध्यक्ष प्रचण्डले युवा पत्रकारिता पेशामा संलग्न युवा महिला पत्रकारहरुको सगरमाथा आरोहणबाट महिलाहरुको सशक्तिकरणदेखि अन्य क्षेत्रमा समेत उर्जा प्रवाह गर्ने बताए । 

प्रचण्डले युवा उमेरमा सगरमाथाको आरोहण जस्तो चुनौतीपूर्ण काम गर्न खोजेकोमा अग्रीम बधाई दिँदै सरकार र पार्टीका तर्फबाट आवश्यक सहयोगका लागि पहल गर्ने आश्वासन दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ