arrow

पाल्पा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ फागुन २० आइतबार
jeep-accident-palpa.jpg

पाल्पा । तानसेन १२ वीरपोखरामा शनिबार जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।    तानसेनबाट लुड्डतर्फ जादैं गरेको लु १ ज १९३८ नम्बरको जीप दुर्घटना हुँदा ड्राइभर सहित अन्य पाँच जना घाइते भएका थिए ।

 जसमध्ये लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा शनिबार राति मस्याम घर भई बासटारी डेरामा बस्दै आएकी ३० वर्षीय मीना भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी पाल्पाले जनाएको छ ।   घटनास्थलमै मृत्यु हुनेमा तानसेन नगरपालिका–१२ लुड्डका ५६ वर्षीय चित्रबहादुर थापा, रिब्दीकोट ६ ठिमुरेकी ६८ वर्षीय झिनकुमारी सारु रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको हो ।

घाईते हुनेहरुमा तानसेन नगरपालिका वीरपोखराका ३५ वर्षीय चालक विजय थापा, स्याङ्जा गलेड्ड नगरपालिका– २ बस्ने १८ वर्षीय विजन परियार, सोही स्थानका १६ वर्षीय आशिष घले, स्याङ्जा गल्याड्ड वडा ११ का १४ वर्षीय सुरज परियार रहेका छन् । घाइते तीन जनाको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ, भने सुरज परियारको मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप सडक बाट १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । नयाँ खनेको ओरालो बाटोमा ब्रेक फेल भई जीप दुर्घटना भएको बताईएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ