arrow

पाकिस्तानी प्रधानमन्त्री नेपाल भ्रमणमा, के के छन् कार्यक्रम ?

logo
प्रकाशित २०७४ फागुन २० आइतबार
sahid.jpg

काठमाडौँ । इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा सोमवार अपराह्न राजधानी आउने भएका छन् ।  

भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने परराष्ट्र मन्त्रालयले आज जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पाकिस्तानी समकक्षीसँग पारस्परिक हित र चासोका द्विपक्षीय विषयमा विचारविमर्श गर्नेछन् ।  साथै उनले प्रधानमन्त्री अब्बासीको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् ।  

भ्रमण पूरा गरी फागुन २२ गते प्रधानमन्त्री अब्बासी स्वदेश प्रस्थान गर्नेछन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ