arrow

बैदेशिक रोजगारीमा मारिएका १४ अभिभावकका बालवालीकालाई छात्रबृद्धि सिफारिस

logo
वद्री नयाँघरे,
प्रकाशित २०७४ फागुन २० आइतबार
Ramechhap-hamrakura.jpg.jpeg

रामेछाप। रामेछाप  जिल्ला छात्रवृति व्यवस्थापन समितिले वैदेशिक रोजगारीका सिलसिलामा मारिएका १४ जना अविभावकका छोरा छोरी लाई वैदेशिक रोजगारी छात्रवृतिका लागी सिफारीस गरेको छ ।

जिल्ला शिक्षा अधिकारी दिनानाथ गौतमको अध्यक्षतामा आइतवार वसेको वैठकले रोजगारीका सिलसिलामा वैदेशिक रोजगारीमा गएर मृत्यु भएका परिवारका  १४ जना वालवालीकाहरुका लाई छात्रवृत्तिका लागि वैदेशिक रोजगार वोर्डको सचिवालयलाई  सिफारीस गरेको हो  ।

वैठकले १४ जना वाल वालीका अध्ययनरत विद्यालय र तीनका वडा कार्यालयको सिफारीस सहित विभिन्न प्रमाणका आधारमा उनीहरु वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका परिवारका वालवच्चा भएको आधार सहित उनीहरुलाई छात्रबृत्तिका लागि सिफारिस गरिएको जिल्ला शिक्षा अधिकारी दिनानाथ गौतमले जानकारी दिए ।

उक्त तथ्यांक यसवर्षको मात्र भएको र सोही आधार बनाई वैठकले गतवर्ष पनि १७ जना वालवालीकाहरुलाई छात्रवृत्तिका लागि सिफारिस गरेको थियो । गतवर्ष १७ र यसवर्ष १४ गरी जम्मा समितिले अहिलेसम्म २ पटक मात्र छात्रवृत्तिका लागि सिफारिस गरेको र उक्त सिफारिस पछि वैदेशीक रोजगारीमा गएर ज्यान गुमाएका परिवारलाई छात्रवृत्ति रकम वरदान सावित भएको पनि जिशिअ गौतमले वताए ।

यसरी एकवर्षको विचमा ज्यान गुमाएर छात्रबृत्ति रकमको लागि सिफारिस गरिएकाहरुमा महालगुंर मावि गुम्देलवाट २ जना, कैलेश्वर मावि गुप्तेश्वरवाट १ जना, शारदा मावि गेलुवाट ४ जना, सरस्वती आधारभुत विद्यालय रामपुरवाट १ जना, शारदा मावि ठोसेवाट ४ जना, कालिका आधारभुत विद्यालय विर्ताटारवाट १ जना, अग्लेश्वर मावि दिमीपोखरीवाट २ जना, सुर्के मावि डडुवावाट १ जना, भुमेश्वरी आधारभुत विद्यालय सुकाजोरवाट १ जना, मावि सिक्रालवाट १ जना, भिमेश्वर मावि रामपुरवाट २ जना, आधारभुत विद्यालय वेतीनीवाट १ जना, तावे आधारभुत विद्यालय रस्नालुवाट २ जना र कर्कलादेवी वोडिगं स्कुल मन्थलीवाट १ जना रहेका छन् ।

उनीहरुमध्ये अधिकासं जनजाती र दलित परिवारका मात्र भएको र सवैको नाम वैदेशिक रोजगारी वोर्डमा पठाइसकिएकाले चाडै नै त्यसको रिजल्ट समेत प्राप्त गर्ने अपेक्षा जिल्ला छात्रबृद्धि व्यवस्थापन समितिले गरेको छ । उक्त निर्णयले लक्षित वर्गका परिवारले ठूलो राहातको अनुभुती पाउन सक्ने यस क्षेत्रमा काम गर्दै आएको संस्था सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारका सूचना अधिकृत सागर बस्नेतले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ