arrow

पाँचथरको हिलिहाङमा ब्यक्तिगत अनलाइन घटना दर्ता शुरु

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ फागुन २० आइतबार
online_name.jpg

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर ४ मा आइतवारबाट औपचारिक रुपमा ब्यक्तिगत अनलाइन घटना दर्ता शुरु भएको छ । स्थानिय भूमि प्रसाद रिजालको ३ बर्षिय छोरा समिर रिजाललाई प्रमुख अतिथी गाउँपालिका उपाध्यक्ष सुमित्रा उप्रेती सेडाईले जन्मदर्ताको प्रमाणपत्र दिएर ब्यक्तिगत अनलाईन घटना दर्ताको औपचारीक रुपमा प्रारम्भ भएको हो ।

यस कार्यक्रममा वोल्दै गाउँपालिका उपाध्यक्ष सेडाई तथा गाउँपालिकाका प्रशासकिय अधिकृत टार्जन लिम्बूले कर्मचारीको अभाव,इन्टरनेटको पहुँच पुरयाएर भएपनि आगामी चैत्र महिना भित्रमा गाउँपालिकालाई नै ब्यक्तिगत अनलाइन घटना दर्ताको घोषणा गरिने बताए ।

 त्यस गाउँपालिकाको वडा नम्बर ३,४,५ र ६ वडामा इन्टरनेटको पहुँच पुगिसकेको छ भने बाँकी १,२ र ७ नम्बर वडामा पनि चाँडै सौर्य उर्जा र इन्टरनेटको पहुँच पुरयाएर ब्यक्तिगत अनलाईन घटना दर्ता थालिने गाउँपालिकाका योजना प्रमुख तथा सूचना अधिकारी देबेन्द्र कटुवालले बताए ।

 हिलिहाङ वडा नम्बर ४ का वडा अध्यक्ष श्री प्रसाद सिगुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सूचना प्रविधि अधिकृत रविन शिवाकोटी,लेखा प्रमुख सुबास भट्टराई लगायतको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ