arrow

सपथ लिन टोपबहादुर रायमाझिसहित को–को छुटे चार जना ?

logo
प्रकाशित २०७४ फागुन २० आइतबार
top-Bdr.jpeg

काठमाडौँ । प्रतिनिधिसभाको शपथ भएको छ । प्रतिनिधिसभाका २७५ सदस्य मध्ये ४ जना अनुपस्थित रहेका । टीकापुर घटनामा संलग्न भनिएका रेशम चौधरीसहित चार जना अनुपस्थित भएका हुन् । चौधरी अहिले पूर्पक्षका लागि कैलाली कारागारमा छन् ।

चौधरीसहित सपथमा माओवादी सांसद टोपबहादुर रायमाझी, धर्मशिला चापागाईँ र महिन्द्रराय यादव अनुपस्थित रहे । टोपबहादुर र धर्मशिला बुबा बितेका कारण अनुपस्थित रहे भने, महिन्द्र यादव ज्येष्ठ सदस्यको हैसियतले उपस्थित हुने भनिएकामा अस्वस्थ भएको भन्दै उपस्थित भएनन् । उनको उमेर फर्जी भन्दै निकै चर्चा भएपछि यादव उपस्थित नभएका पनि बताइँदै छ । उनी अनुपस्थित रहेपछि महन्थ ठाकुरले ज्येष्ठ सदस्यका हैसियतले शपथ दिलाए ।

 सरकारी छाप र कागजात किर्ते मुद्दाको छानविन घेरामा रहेका पूर्व डिआइजी नवराज सिलवालले भने सपथ लिएका छन् । केही दिन पहिले प्रधानमन्त्री निवास बालुवाटारमा देखिएका सिलवाल सपथ लिनु एक दिन अघि संसद भवन बानेश्वरमा एमाले–माओवादीले सांसदलाई प्रशिक्षण दिएको कार्यक्रममा उपस्थित भइसकेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ