arrow

वारेस पठाएर देउवाले गरे उम्मेदवारी दर्ता

logo
प्रकाशित २०७४ फागुन २० आइतबार
deuba111.jpg

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले वारेसमार्फत संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका छन् । आफु व्यस्त रहेकाले देउवाले केन्द्रीय सदस्य बालकृष्ण खाँणमार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।

देउवाको प्रस्तावक विजय गच्छदार र समर्थक मानबहादुर विश्वकर्मा रहेका छन् । उम्मेदवारी दर्ता गराउन खाँण लगायय नेताहरु संसदीय दलको कार्यालय पुगे । खाँणले अरुको उम्मेदवारी परे देउवा मतदान गर्न आउने बताएका छन् ।

देउवालाई चुनौती दिन प्रकाशमान सिंहले पनि उम्मेदवारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ