arrow

उम्मेदवारी दर्ता गर्दै प्रकाशमानले भने–देशभरका का‌ंग्रेस कार्यकर्ताको भावना प्रस्तुत गरे

logo
प्रकाशित २०७४ फागुन २० आइतबार
prakashman2.jpg

काठमाडौं । कांग्रेस संसदीय दलको नेताका लागि प्रकाशमान सिंहले पनि उम्मेदवारी दिएका छन् । उनले सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएका हुन् । देउवाले सिंह भन्दाअघि वारेसमार्फत संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका थिए ।

सिंहको प्रस्तावकमा कोषाध्यक्ष सीतादेवी यादव र समर्थक बर्दियाका सांसद सञ्जय गौतम रहे । महामन्त्री डा. शशांक कोइराला भने दुबै मनोनयनमा अनुपस्थित रहे । उम्मेदवारी दर्तापछि नेता सिंहले आफुले देशभरका कार्यकर्ताको भावनालाई प्रस्तुत गर्दै उम्मेदवारी दर्ता गराएको बताए ।

उनले कांग्रेसलाई कम्युनिष्टहरुबाट बचाएर पार्टीको उपस्थिति बलियो पार्न नेतृत्व असफल भएको र अहिले आएर संसदीय दलको नेतृत्व हस्तान्त्रणमा पनि तयार नभएको सुनाए । उनले भने, ‘देशभरका कांग्रेस नेता कार्यकर्ताले अब नेतृत्व परिवर्त र काँग्रेस सुधारको आशा राखेका थिए । त्यो अभ्यास संसदीय दलको नेता चयनबाटै सुरु हुने ठानिएको थियो । तर, उहाँ(सभापति) तयार हुनु भएन ।’

यस्तै, पार्टी सभापति देउवाले केन्द्रीय सदस्य बालकृष्ण खाँणमार्फत उम्मेदवारी दर्ता गराए । देउवाको प्रस्तावक विजय गच्छदार र समर्थक मानबहादुर विश्वकर्मा रहे । उम्मेदवारी दर्ता गर्न वारेस पठाएका देउवाले मतदान गर्न आउने बताएका छन् । सोमबार मतदान हुँदै छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ