arrow

सोमबार सभामुख निर्वाचनको मिति तोकिने, अरु के-के छ कार्यतालिका ?

logo
प्रकाशित २०७४ फागुन २० आइतबार
parliament_first_meeting11.jpg

काठमाडौं । आईतबार संघीय संसद्को तल्लो सदनका सांसद्हरुले पद तथा गोपनीयताको सपथग्रहण गरेसँगै संघीय संसद्को औपचारिक सुरुवात भएको छ । आईतबार अपराह्न ४ बजेको लागि बोलाईएको बैठकले सांसद्हरुलाई पद तथा गोपनीयताको सपथ खुवाएसँगै बैठक सोमबारसम्मको लागि स्थगित गरिएको छ । 

संसद्को सोमबारको बैठक पनि अपराह्न ४ बजेका लागि नै बोलाईएको छ । सोमबार पनि बैठकको अध्यक्षता आईतबार ज्येष्ठ सदस्यको हैसियतमा सांसद्हरुको सपथ ग्रहण गराएका महत्थ ठाकुरकै अध्यक्षतामा बैठक बस्नेछ । बैठकको सुरुमा नै ज्येष्ठ सदस्यको हैसियतमा राजपा नेता महन्थ ठाकुरले राष्ट्रविद्यादेवी भण्डारीले संसद् अधिवेशनको लागि पठाएको पत्र पढेर सुनाउने कार्यतालिका रहेको छ । 

त्यस्तै, पत्र पढिसकेपछि प्रतिनिधि सभाको अन्तरिम कार्यविधि २०७४ लाई पारित गर्नको लागि बैठकसमक्ष पेश गर्ने कार्य तालिका रहेको छ । त्यसपछि प्रतिनिधि सभाको अन्तरिम कार्यविधि अनुसार सभामुखको अनुपस्थितीमा बैठकको अध्यक्षता गर्ने सदस्य चयन गर्ने कार्यतालिका रहेको संसद् सचिवालयले जनाएको छ। 

बैठकको अन्त्यमा सभामुख चयनको लागि निर्वाचनको मिति तय गरेर बैठक समापन हुने कार्यतालिका रहेको संसद् सचिवालयले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ