arrow

कांग्रेस संसदीय दलको नेताः देउवा र सिंह मैदानमा, सिटौलाको समर्थन सिंहलाई !

महत्वपूर्ण नै रैछ कुर्सी 

logo
प्रकाशित २०७४ फागुन २१ सोमबार
congress-office.jpg.gif

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नतोका लागि पार्टी सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री प्रकाशमान सिंह चुनावी होडमा रहेका छन् । 

सर्वसम्मतिको प्रयास असफल भएपछि दुवैबीच प्रतिस्पर्धा हुने भएको हो । सिंहलाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहको समेत समर्थन रहेको छ । 

सिटौलाबाट पनि भीमसेन दास प्रधान खुलेर देउवातिर लाग्दा गगन थापाको समर्थन भने सिंहलाई रहेको छ । 

यसले पनि भिडन्त अझै रोचक हुने देखिएको छ । 

संसदीय दलको नेताका लागि सोमबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मतदान हुँदैछ ।

प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन् । अंकगणितीय हिसाबले देउवा अगाडि रहेका छन् । उनी बहुमतप्राप्त छन् । 

देउवाका ६३ मध्ये ४० भन्दा बढी सांसद रहेको दाबी गरिएको छ । 

देउवाले यही दाबीलाई आधार मानेर आफूलाई सर्वसम्मत गर्न पौडल पक्षसँग आग्रह गरेका थिए । तर त्यो प्रयास सफल हुन सकेन । 

काँग्रेसभित्र परिवर्तन खोजिएकाले निर्वाचनमा बेहोरेको हारलाई आत्मसात गर्दै देउवाले ठाउँ खाली गरिदिनुपर्ने तर्क गरिएको थियो । 

त्यसैगरी पाँच वर्षसम्म देउवा पुनः प्रधानमन्त्री बन्ने सम्भावना नभएकाले संसदीय दलको नेतामा अरुलाई ठाउँ दिन आग्रह गरिएको थियो । 

देउवा पक्ष भने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीको हारको जिम्मा एक्लै सभापतिले किन लिने ? भन्दै आएको छ । 

दलको नेतामा सर्वसम्मत नभएपछि भने महामन्त्री डा सशांक कोइराला ब्याक बसेका छन् । 

महत्वपूर्ण नै रैछ कुर्सी 
काँग्रेसी केही नेताहरुले कुर्सीको महत्व देखिँदै गएको प्रतिक्रिया दिएका छन् ।

एक नेताले भने ‘प्रतिपक्षीमा बस्ने हो । प्रतिपक्षीमा बस्ने नेताले कुनै पनि संसद बैठक नछुटाएको राम्रो हो । सरकारका कामको लेखाजोखा गरिरहनु पर्छ । यो अवस्थामा सम्मानित एवं पाका नेताज्यूहरु नभइदिएको भए हुन्थ्यो भन्ने हो । तर महत्वपूर्ण नै रैछ कुर्सी भन्ने देखियो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ