arrow

चिनियाँ दुई सत्रः आर्थिक, वातावरण र सी को शक्ति 

logo
प्रकाशित २०७४ फागुन २१ सोमबार
x-jinping-mao.jpg

काठमाडौं । चीनमा संसदको राष्ट्रिय बैठक र शिर्ष नेताहरुको सल्लाहकार समितिको बैठक हुँदै गर्दा विश्वको ध्यान त्यतै तानिएको छ । 

विशेषगरी चीनको आर्थिक नीति, वातावरण र राष्ट्रपति सी जिनपिङको सदावहार शक्तिको विषयले विश्वको ध्यान तानेको हो । 

चीनप्रतिको चासो चीन र चिनियाँ जनतालाई मात्रै नभएर समग्र विश्वलाई छ । हुन त अहिले चीनले चाल्ने जुनसुकै कदम र प्रसङ्ग सम्बन्धमा विश्वले ध्यान दिनुका साथै विभिन्न टीकाटिप्पणी पनि हुँदै आएको छ । 

त्यस माथि चीन अहिले विश्व अर्थतन्त्रको दोस्रो शक्तिशाली मुलुक अनि विश्व भूमण्डलीकरणको बाटो पछ्याउँदै शुरू गरिएको बेल्ट एण्ड रोड ईनिसिएटिभको माध्यमबाट नयाँ विश्व निर्माणमा चीनको भूमिका रहेकाले पनि विश्वभरी यस महाधिवेशनप्रति चासो हुनु स्वभाविकै हो।

यी दुवै बैठकले चीनको आगामी नक्सा कोर्ने भएकाले पनि कस्तो नीति चीनले अवलम्बन गर्ला भन्ने चासो विश्वको रहेको हो । 

यसवर्ष राष्ट्रपति सी जिनपिङको शक्ति अझ फराकिलो पार्ने बताइएको छ । यसले तरंग नै ल्याएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त यसबारे प्रतिक्रिया दिँदै अब अमेरिकामा पनि यस्तै हुने भन्दै आफ्नो कार्यकाल लम्बिने संकेत समेत गरेका छन् । 

अर्कातिर अहिलेको जमानामा पनि त्यतिधेरै असीमित अधिकार राष्ट्रपतिले राख्न पाउँछ भन्ने वहस पनि छेंडिएको छ । 

यो बैठक र छलफलले राष्ट्रपतिको दुई पटकमात्र कार्यकाल रहेको नियम फेर्नेछ । फेरिनासाथ सी शक्तिशाली बन्नेछन् । 

‘सी जिनपिङ विचार’ आएपछि उनी बाँचुन्जेल राष्ट्रपति बन्नेछन् । 

यसैकारण पनि सीलाई माओपछिका शक्तिशाली नेताका रुपमा लिइएको छ । 

कोही भन्नेहरु माओभन्दा पनि सी खतरनाक भएको तर्क गर्छन् । 

 

सी को यस दुई सेसनमा भ्रष्टाचार र प्रदूषित वातावरणलाई रोक्ने विषयमा पनि चर्को बहस हुने चिनियाँ संचारमाध्यमले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ