arrow

कांग्रेस संसदीय दलको नेताको मतदान जारी, सिंहले गरे पहिलो मतदान

logo
प्रकाशित २०७४ फागुन २१ सोमबार
deuba-singh1.jpg

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको नेताका लागि मतदान भइरहेको छ। पार्टी सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच प्रतिस्पर्धा चलिरहेको छ। संसदीय दलको नेताका लागि सोमबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मतदान हुँदैछ।पहिलो मतदान भने सिंहले गरेका छन्। 

सर्वसम्मतिको प्रयास असफल भएपछि दुवैबीच प्रतिस्पर्धा भइरहेको हो। सिंहलाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र देउवालाई आफ्नै पक्षको समर्थन छ। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाकोे समूह भने दुवैतिर बाँडिएको बुझिएको छ। सिटौलाबाट पनि भीमसेन दास प्रधान खुलेर देउवातिर लाग्दा गगन थापाको समर्थन भने सिंहलाई रहेको छ। यसले पनि भिडन्त अझै रोचक हुने देखिएको छ। प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन्। अंकगणितीय हिसाबले देउवा अगाडि रहेका छन्। उनी बहुमतप्राप्त छन्।  देउवाका ६३ मध्ये ४० भन्दा बढी सांसद रहेको दाबी गरिएको छ। 

देउवाले यही दाबीलाई आधार मानेर आफूलाई सर्वसम्मत गर्न पौडल पक्षसँग आग्रह गरेका थिए । तर त्यो प्रयास सफल हुन सकेन। काँग्रेसभित्र परिवर्तन खोजिएकाले निर्वाचनमा बेहोरेको हारलाई आत्मसात गर्दै देउवाले ठाउँ खाली गरिदिनुपर्ने तर्क गरिएको थियो। त्यसैगरी पाँच वर्षसम्म देउवा पुनः प्रधानमन्त्री बन्ने सम्भावना नभएकाले संसदीय दलको नेतामा अरुलाई ठाउँ दिन आग्रह गरिएको थियो। देउवा पक्ष भने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीको हारको जिम्मा एक्लै सभापतिले किन लिने रु भन्दै आएको छ। दलको नेतामा सर्वसम्मत नभएपछि भने महामन्त्री डा सशांक कोइराला ब्याक बसेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ