arrow

लौ आयो ‘हेलिकप्टर’ गीत, भिडियोसहित

logo
प्रकाशित २०७४ फागुन २१ सोमबार
Madan-Gopal.jpg

काठमाडौं । गायक तथा संगीतकार मदन गोपाल पूर्वेली लोक भाका फ्लेबरको गीत ‘हेलिकप्टर’को भिडियो लिएर दर्शकमाझ आएका छन् । 

केशव अधिकारीको शब्द र संगीतमा बनेको यो डान्सिङ नम्बरको गीतमा पाकिस्तानी ईमाद रहमानले संगीत संयोजन तथा प्राविधिक काम गरेका छन् । 

गायक मदनका अनुसार उनले पाकिस्तानमा गरेका नै गीतको प्राविधिक काम गरेका हुन् ।

प्रशान्त तामाङले निर्देशन गरेको भिडियोमा गोपालले फिचरिङ गरेका छन् । भिडियोमा निरोज श्रेष्ठको छायांकन र राजेश शाहको सम्पादन छ । 

गायक मदनले इमादमार्फत नेपाल र पाकिस्तानसँगको सांस्कृतिक तथा सांगीतिक सम्बन्ध कायम गर्न पाउँदा आफू निकै हर्षित भएको बताए ।

मदनका अनुसार इमादकै संगीत तथा संगीत संयोजन रहने अर्को सोलो एल्बम ‘तिम्रो खबर’ नयाँ वर्षको अवसरमा सार्वजनिक गर्ने तयारी भइरहेको छ । 

यसअघि मदनले ‘माया लैलै’, ‘मुटु नै किन’, ‘आजको दिन’, ‘आउँदैछु कि जाँदैछु’, ‘तिम्रो खबर’, ‘यो मन’ जस्ता गीतहरू श्रोता र दर्शकमाझ ल्याइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ