arrow

तुलादानबाट २ करोड संकलन

logo
श्रीकृष्ण सिग्देल
प्रकाशित २०७४ फागुन २१ सोमबार
tuladan-ff.jpg

स्याङ्जा । विश्व जागरण महाअभियान ट्रष्टले पशुपतिको वनकालीमा आयोजना गरेको पशुपति कोटीहोम महायज्ञ तथा तुलादान कार्यक्रमबाट २ करोड ५५ लाख ८६ हजार १ सय ७१ रुपयाँ संकलन भएको बताइएको छ । 

ट्रस्टले पत्रकार सम्मेलन गरी आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको हो । महायज्ञको आयोजना गरेर आम्दानी खर्च सार्वजनिक नभइरहेका बेला यो ट्रस्टले कोटीहोम तथा तुलादान समापन गरेकै भोलीपल्ट सार्वजनिक गरेको छ । 
वनकाली क्षेत्रमै पत्रकार सम्मेलन गरेर विश्व जागरण महाअभियान ट्रष्टले कोटीहोमको खर्च विवरण सार्वजनिक गरेको हो । ट्रष्टले १५ दिने लामो कोटीहोम आयोजना गरेको थियो । त्यस्तै, ९४ लाख ७३ हजार २ सय २६ रुपैया खर्च भएको ट्रष्टले जनाएको छ ।

फागुन ४ गतेदेखि फाुगन १९ गतेसम्म सञ्चालन भएको कोटीहोममा ५० वर्ष नाघेका ६ हजार भन्दा बढी श्रद्धालु भक्तजनले तुलादान गरेका थिए ।
कोटीहोममा संकन भएको रकममध्ये अक्षय कोषमा जम्मा भएको रकम भने ट्रष्टको कोषमै रहने आयोजकले जनाएको छ । 

बाँकी रकम विश्व जागरण महाअभियान ट्रष्टको आश्रम निर्माण लगायत वृद्धाश्रम निर्माणमा खर्च गर्ने जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ