arrow

देउवा संसदीय दलको नेतामा निर्वाचित

logo
प्रकाशित २०७४ फागुन २१ सोमबार
sher-bahadur-deuba-pm.JPG

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित  भएका छन्। मतदानमा देउवाले ४४ मत प्राप्त गरे भने प्रकाशमान सिंहले १९ मत प्राप्त गरे । प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन्।

सर्वसम्मतिको प्रयास असफल भएपछि दुवैबीच प्रतिस्पर्धा भएको थियो । सिंहलाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र देउवालाई आफ्नै पक्षको समर्थन रहेको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको समूह भने दुवैतिर बाँडिएको बुझिएको छ ।

देउवाले वारेसमार्फत संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका थिए। आफु व्यस्त रहेकाले देउवाले केन्द्रीय सदस्य बालकृष्ण खाँणमार्फत उम्मेदवारी दर्ता गराएका थिए ।

अंकगणितीय हिसाबले देउवा अगाडि रहेका कारण आफूलाई सर्वसम्मत गर्न पौडल पक्षसँग आग्रह गरेका थिए।  देउवाले ६३ मध्ये ४० भन्दा बढी सांसद आफ्नो पक्षमा रहेको दाबी पहिल्यै गरेका थिए ।

काँग्रेसभित्र परिवर्तन खोजिएकाले निर्वाचनमा बेहोरेको हारलाई आत्मसात गर्दै देउवाले ठाउँ खाली गरिदिनुपर्ने तर्क गरिएको थियो। त्यसैगरी पाँच वर्षसम्म देउवा पुनः प्रधानमन्त्री बन्ने सम्भावना नभएकाले संसदीय दलको नेतामा अरुलाई ठाउँ दिन आग्रह गरिएको थियो। 

देउवा पक्ष भने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीको हारको जिम्मा एक्लै सभापतिले किन लिने? भन्दै आएको छ। दलको नेतामा सर्वसम्मत नभएपछि भने महामन्त्री डा सशांक कोइराला पछि हटेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ