arrow

यसरी बन्यो 'ड्रङ्क राईडिङ कन्ट्रोल सिस्टम'

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ फागुन २१ सोमबार
college.png

बुटवल।  मादक पदार्थ सेवन गरेर मोटरसाईकल तथा स्कुटर चलाउनु हुन्छ ? ख्याल गर्नुहोस अब मापसे सेवन गरेमा सवारी नचल्ने ब्यवस्था सहितको यन्त्र बनाएका छन् लुम्बिनी ईन्जीनियरिङ्ग कलेज बुटवलमा अध्ययन गर्ने सात युवाहरुले ।

कलेजमा डिप्लोमा ईन ईलेक्ट्रीकल ईन्जीनियरिङ्ग मा पाँचौ सेमेस्टर मा अध्ययनरत कुशल भट्टको मुख्य योजनामा निर्माण भएको यो यन्त्रमा प्रोग्रामिङ गरेर उक्त यन्त्र निर्माण गरिएको हो ।फुल हेलमेट र सामान्य यन्त्र हेर्दा जडित बाईकमा मादक पदार्थ सेवन गरेमा स्टार्ट नै हुँदैन् ।

फुल हेलमेटको मुखमा सेन्सर राखिएको छ जसको कारणले हेलमेटमा रहेको बत्ति बल्न जान्छ ।मापसे गरेको भए त्यसमा भएको रातो बत्ती बल्दछ भने मापसे नगरेमा हरियो रंगको बत्ति बल्न जान्छ । हेलमेटमा कसैले चलाउन वा बिगार्न खोजेमा निलो रंगको बत्ति बल्दछ ।
 
हेलमेटमा अल्कोअल सेन्सर रहेको छ । यो सेन्सरले मापसेको गन्ध मार्फत रिड गरेर डाटा ट्रान्सफर गर्न वायरलेस सिस्टम राखिएको छ भने मोटरसाईकल मा डाटा रिसिभ गर्ने सिस्टम राखिएको छ ।यसमा आएको डाटा रिडिङ गरेर मोटरसाईकलको स्टार्टको कनेक्सन संग जोडिएको हुन्छ । यसले बाईक स्टार्ट हुँदैन् ।

ड्रङ्क राईडिङ कन्ट्रोल सिस्टम नाम दिईएको यसका मुख्य योजनाकार भट्टले घरमा भएको सवारी साधनहरु मापसे गरेर दुर्घटना हुने हुँदा बिक्रि गर्नुपर्ने बाध्यता रहेको बताउँदै उनी घरमा साधन रहे दुर्घटना हुने र अन्य सदस्यले चलाउन नपाउने अवस्था हटाउन नै मुख्यतः उद्देश्य रहेको बताउँछन् । प्रदेश ५ मै पहिलो पटक निर्माण गरिएको उनको दबी छ । उनले भने –‘ देशमा दुर्घटनाहरु बढिरहेका छन् । मापसे सेवनबाट सवारी चलाउन रोक्नको लागी पनि यस डिभाईसले सहयोग पुग्नेछ । ’

कलेजमा ब्याचलर ईन् कम्प्युटर ईन्जीनियरिङ्ग सातै सेमेस्टर मा अध्ययन गर्ने मनिस भण्डारी, प्रभात ज्ञवाली, किरण कंडेल, दिपेन्द्र पाण्डे, चन्द्रकिा थापा र प्रिया गिरीको सहयोगमा डिभाईस तयार भएको हो ।  सातौँ सेमेष्टरका प्रोग्रामीङ टिम प्रमुख मनिष भण्डारी भन्छन् बुटवलमा सञ्चालन भएको क्यान ईन्फोटेकको लागी यो यन्त्र बनाएको थियौँ ।

उनले भने –‘क्यान मेलामा भएको अन्तरकलेज आई टि प्रतियोगितामा प्रथम स्थान हाँसिल गरेका थियौँ ।’ क्यानको लागी बनाएको सो उपकरणलाई बजारमा ल्याएमा फाईदाजन रहेको भण्डारी बताउँछन् । उनले भने –‘हेलमेट बिना कनेक्टेड बाईक चल्दैन यसले मोटरसाईकल चोरी हुनबाट बचाउँछ । ’

१ हप्तामा निर्माण गरेको सो यन्त्र बनाउन ५ हजार लागत लागेको थियो ।  निर्माणको लागी आवश्यक सेन्सरहरु काठमाडौंमा सिमित मात्रामा पाउने गरेको भण्डारीले बताए ।  ब्यवसायीक रुपमा बिक्रि बितरणका लागी मासिक २ सय वटा मोटरसाईकलमा सेन्सरिङ गर्न सक्ने क्षमता रहेको उनीहरुको भनाई रहेको छ ।

 ब्यवसायकि हिसावमा  निर्माण गर्दा ३ हजार लागतमा सेन्सर जोड्न सकिने उनीहरु बताउँछन् । सामान्य स्मार्ट फोन जत्रो र पानीबाट नबिग्रने र नदेखिने तरीकाबाट राख्न सकिने उनीहरुको भनाई छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ