arrow

उमेरले शर्माएका महेन्द्रराय यादवले लिए शपथ

logo
प्रकाशित २०७४ फागुन २१ सोमबार
mahendra.JPG

काठमाडौँ । संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभा सदस्य महेन्द्रराय यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  

प्रतिनिधिसभाको सभाहलमा आइतबार भएको शपथ कार्यक्रममा उमेर बढी भइ शर्माएर अनुपस्थित यादवले सोमवार ज्येष्ठ सदस्य महन्थ ठाकुरबाट शपथ लिएका हुन् ।

कूल २७५ सदस्यीय प्रतिनिधिसभाका सदस्यको आइतबार भएको शपथ कार्यक्रममा २७१ सांसद उपस्थित थिए भने सांसद यादवसँगै टोपबहादुर रायमाझी, धर्मशीला चापागाई र रेशम चौधरी अनुपस्थित थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुसार प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ । नेपालको संविधानअनुसार प्रतिनिधिसभाको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ