arrow

संसदमा देउवा र ओलीको बधाई साटासाट

logo
प्रकाशित २०७४ फागुन २१ सोमबार
oli-_deuba.jpg

काठमाडौं । संघीय संसदको अधिवेशन आरम्भ भएको छ । संसद अधिवेशन आरम्भ भएकै दिन प्रमुख विपक्षी दलले संसदीय दलको नेता चुनेको छ ।

संसदीय दलको नेता निर्वाचित भएका शेरबहादुर देउवा र उपनेता चयन भएका विजय गच्छदारलाई प्रतिनिधिसभाकाे बैठक सकिनेवित्तिकै प्रधानमन्त्री केपी शर्मा ओली, सरकारका मन्त्री र दलका नेता एवं सांसदहरुले हात मिलाएर बधाई दिएका छन् ।

बैठक सकिने वित्तिकै देउवा आफै कुरा गर्न ओली भएकै ठाउँ पुगे । हातको इसाराले देउवाले कुरा गरे । केहीबेर कुरा गरेपछि मात्रै ओली हात मिलाउन पुगे । ओलीले हात तान्दा ईश्वर पोखरेलको हात देउवाको हातमा पहिले पर्‍यो ।

देउवा लजाए जस्तो देखिए । उनी राम्ररी खुलेनन् । ओली भने प्रफुल्ल मुद्रामा थिए । झलनाथ खनाल भने देउवा भएकै ठाउँ टाँसिन पुगे । देउवा हात मिलाउने क्रममा निकै बेर एमाले नेताहरुसँग अल्मलिए । विजय गच्छदारले पनि एमालेका नेतासँग हात मिलाउन भ्याए । 

पहिलो बैठकले के गर्‍यो

प्रतिनिधि सभाकाे पहिलो बैठकले अन्तरिम कार्यविधि २०७४ सर्वसम्मत पारित गरेको छ । ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुख तथा उपसभामुखको अनुपस्थितमा बैठक अध्यक्षता गर्न पाँच जनाको नाम अनुमोदन गरेका छन् ।

अब सभामुख र उपसभामुखको अनुपस्थितिमा खगराज अधिकारी, मानबहादुर विश्वकर्मा, पूर्णकुमारी सुवेदी, लक्ष्मणलाल कर्ण र उमाशंकर अरगरियाले संसद बैठक सञ्चालन गर्ने छन् । अर्को बैठक मंगलबार विहान ११ बजे बस्नेगरी स्थगित भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ