arrow

पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई सैनिक मञ्चमा सम्मान

logo
प्रकाशित २०७४ फागुन २१ सोमबार
pak_Pm.jpg

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शाहिद खाकन अब्बासीलाई सैनिक मञ्च टुँडिखेलमा गार्ड अफ अनर दिइएको छ । अब्बासीका नेपाली समकक्षी केपी शर्मा ओलीले सैनिक मञ्चमा सम्मान स्वरुप गार्ड अफ अनर दिएका हुन् ।

सम्मानपछि अब्बासी बस्ने व्यवस्था मिलाइएको होटल हायात रिजेन्सी गएका छन् । उनको सम्मानमा साँझ प्रधानमन्त्री ओलीले रात्रिभोज आयोजना गरेका छन् ।

नेपालले पहिलो पटक अति विशिष्ट पाहुनालाई सैनिक मञ्च टुडिखेलमा गार्डअफ अनर दिएको हो । अब यो चलन सँधै कायम राख्ने बताइएको छ । यसअघि विमानस्थलमै समकक्षीले स्वागत गर्ने र सम्मान गर्ने चलन थियो ।

अब्बासी अपरान्ह ४ बजेतिर त्रिभुवन अन्तर्रााष्ट्रिय विमान स्थल ओर्लिएका थिए ।  विमानस्थलमा उनलाई अर्थमन्त्री डा. युवराज खतिवडाले स्वागत गरे ।

अब्बासीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीसँगको भेटमा दुई देशको सम्बन्ध, सार्कको स्थगित सम्मेलन र विकासका क्षेत्रमा हुनसक्ने साझेदारीबारे छलफल हुने बताइएको छ ।

मंगलबार बिहान ९ बजे अब्बासीले शितल निवासमा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने छन् । अब्बासी मंगलबार मध्यान्ह स्वदेश फर्किने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ