arrow

राजधानीबारे मुख नै खोलेनन् मुख्यमन्त्री पोखरेलले

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ फागुन २१ सोमबार
pokhrel_(2).jpg

बुटवल ।  प्रदेश  ५ का मुख्यमन्त्री पोखरेलले बुटवललाई अस्थायीबाट स्थायी राजधानी बनाउने सम्बन्धमा भने केही बोलेनन् । अस्थायी राजधानी बुटवल उपमहानगरका जनप्रतिनिधिले मुख्यमन्त्रीले राजधानीबारे बोल्ने अपेक्षा गरेको भए पनि उनी मौन रहे ।बुटवलबाट राजधानी सार्न चलखेल र लबिङ भएको भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा र आशंकाहरु प्रकट भइरहेका छन् ।

बुटवल उपमहानगरपालिकाको दोस्रो नगरसभाको विधान सभामा उनले प्रदेश नम्बर ५ को स्थायी राजधानीको बिषयमा कुरा नै उठाएनन् ।  मुख्यमन्त्री पोखरेलले प्रदेशभित्र ३ वटा महानगरपालिका बनाउने आफ्नो योजना रहेको बताएका छन् । उनले बुटवल र भैरहवा जोडेर एउटा, दाङ उपत्यकाका उपमहानगर तथा नगरपालिका समेटेर अर्को र नेपालगञ्ज, कोहलपुर बर्दियासहितको अर्को महानगरपालिका बनाउने योजना बनाएको बताएका हुन् ।

स्थानीय तहलाई नयाँ मापदण्डसहितको मिनि सिंहदरबार बनाउने गरी अगाडि बढ्नुपर्ने मुख्यमन्त्री पोखरेलले बताए । उनले वडा कार्यालयदेखि नगर, उपमहानगर र महानगरसम्मका कामहरुलाई स्मार्ट र आधुनिक बनाउनुपर्नेमा जोड दिए ।

बुटवललाई हरियालीसहितको अनुसन्धान केन्द्र, अध्ययन पार्कहरु र उत्पादनका क्षेत्रसहितको व्यवस्थित महानगरका रुपमा विकास गर्ने उनको भनाइ छ । ‘बुटवललाई मुलुककै आधुनिक र व्यवस्थित शहरका रुपमा छुट्टै पहिचान दिनेगरी विकास गर्नुपर्ने छ’ मुख्यमन्त्री पाखरेलले भने ।
उपमहानगरपालिकाको फागुन १० गते बिहीवारबाट सुरु भएको दोस्रो नगरसभा तथा प्रथम विधान सभामा विभिन्न ९ वटा विधेयकहरु प्रस्तुत भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ