arrow

६१ बर्षिय श्रीमानले आफ्नै श्रीमती गाडे

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ फागुन २१ सोमबार
Dead_Body.jpg.jpeg

पाँचथर । अत्याधिक मादक पदार्थ सेवन गरेका पाँचथर फिदिम नगरपालिका ३ सिलौटीका का एक ब्यक्तिले आफनै श्रीमतीलाई कुटपिट गरी हत्या  गरेर जमिनमुनी गाडेको खुलासा भएको छ ।

४२ बर्षिया गंगामाया सुनुवारलाई उनकै श्रीमान ६१ बर्षिय डिकबहादुर सुनुवारले हत्या गरेर जमिनमुनि गाडेको रहस्य खुलेको सोमवार प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।

गंगामाया १६ दिनदेखि बेपत्ता थिइन् । छिमेकीले आशंका गरी प्रहरीमा उजुरी दिएपछि उनका श्रीमान डिकबहादुरलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि उक्त रहस्य खुलेको हो ।

उनले प्रहरी समक्ष गंगामायाको आफैंले हत्या गरी घटना लुकाउन घर नजिकैको आलुबारीमा खाल्डो खनि गाडेको बयान दिएका छन् । प्रहरीका अनुसार टेकबहादुरले गत फागुन ५ गते राती दश बजेतिर सामान्य घरायसी बिबादको क्रममा चिर्पट प्रहार गरी गंगामायाको हत्या गरेका थिए ।

डिकबहादुरले शव गाडेको ठाउँमा उत्खनन् गर्दा टाउकोमा चोट लागेको अवस्थामा गंगामायाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरिक्षक बामदेव गौतमले बताए ।

टेकबहादुरलाई अहिले प्रहरीको हिरासतमा राखिएको छ । निज उपर कर्तब्य ज्यान मुद्धा अन्तर्गत म्याद थप गरी अनुसन्धान भइरहेको पाँचथर प्रहरी प्रवक्ता प्रहरी निरिक्षक बिज्ञान बस्नेतले बताए ।

गंगामाया र टेकबहादुर बीच समान्य झगडा भएको रातदेखि गंगामाया बेपत्ता भएपछि छिमेकीले प्रहरीमा खबर गरेका थिए । उनीहरुको दुई छोरी र एक छोरा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ