arrow

'पिंध नभएको लोटा जस्ता माओवादी मुर्दारहरु'

logo
प्रकाशित २०७४ फागुन २१ सोमबार
lekhnath-neupane-mother-status.jpg

काठमाडौं। माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले आमासँग भएको सम्वादको मर्मस्पर्शी अंश सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन्। माओवादीप्रति रुष्ट रहेकी लेखनाथकी आमाले शसस्त्र द्धन्दका समयमा माओवादीको वोली र अहिलेको माओवादीमा देखिएको व्यवहारप्रति असन्तुष्टी जनाएकी हुन्। 

द्धन्दका बेलामा माओवादीलाई खुवाउने लुकाउने काम समेत गरेकी लेखनाथकी आमाले माओवादीमा देखिएको रुपान्तरणप्रति चित्त नबुझेको लेखनाथको लेखाइले देखाएको छ। सामाजिक सञ्जाल फेसबुकमा लेखनाथले लेखेका छन्ः

"सँगै बसेर आमा छोरा दुख सुखका कुरा हुँदै गर्दा आमाले भन्नुभयो पिंध नभएको लोटा जस्तै माओवादी मुर्दारहरू। हिजो वाजा बजाउन हुँदैन । दाइजो ल्याउन हुँदैन । काजक्रिया गर्नहुँदैन । जनै लगाउन हुँदैन भन्दै हिंडे । आज तिनकै घरमा सबैभन्दा बढी बाजा बाज्न थाले । दाइजो माग्न थाले । जनै एकदिन पनि छोड्दैनन् । सेतै भएर काजक्रिया गर्छन् । कताबाट माओवादी उँभो लाग्नु । यति धेरै मोरामोरीहरूलाई भात पकाएर खुवाँए। कतिलाई त वनमा भात पुर्यार समेत खुवाँए । आज.....माओवादीको पारा आमालाई मन परेको छैन्।"

मा‌ओवादीले शसस्त्र द्धन्दका बेलामा भनेका कुरा र हालको व्यवहारमा फरक देखिदा धेरै माओवादी शुभेच्छुक र समर्थकको मन कुडिएको लेखनाथको आमाको अनुभुतिले देखाएको छ। 

पछिल्लव समयमा अध्ययनमा व्यस्त देखिने लेखनाथ पनि माओवादीमा विचलन आएको कुरा राख्दै आएका छन्। आमाको प्रसङगबाट उनले फेरि माओवादीमा आएको विचलनलाई एकपटक फेरि सार्वजनिक गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ