arrow

पाकिस्तानी प्रधानमन्त्रीले विपक्षी दलको नेतासँग किन भेट्ने समय मिलाएनन ?

logo
प्रकाशित २०७४ फागुन २२ मंगलबार
abbasi_deuba.JPG

काठमाडौँ । नेपाल भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री शहीद खकान अब्बासीले नेपालको प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति तथा संसदीय दलका नेतासँग नेपाल भ्रमणमा आइपुग्दा समेत भेटने कार्यक्रम तय नगरेको पाइएको छ । कुनै पनि देशको राष्ट्रप्रमुख तथा सरकार प्रमुख औपचारिक भ्रमणमा आउँदा विपक्षी दलको नेतालाई भेटने चलन हुन्छ । 

तर पाकिस्तानी प्रधानमन्त्रीले नेपाल भ्रमण गर्दा निवर्तमान प्रधानमन्त्री तथा काँग्रेस पार्टी सभापति शेर बहादुर देउवालाई भेट्ने समय नै नमिलाएको पाइएको छ । सोमबार नेपाल भ्रमणमा रहेका अब्बासीले नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटको कार्यतालिका राखेको भएपनि प्रतिपक्षी दल काँग्रेसका कोहीपनि नेतासँग भेटने कार्यक्रम सोमबार साँद्मसम्म सार्वजनिक नगर्नुले पनि काँग्रेससँग भेटने कार्यक्रम नभएको पुष्टि भएको हो ।  उच्चस्तरीय भ्रमणमा भेटको तालिका पहिल्यै तय हुन्छ I

प्रधानमन्त्री केपी शर्मा ओली र अब्बासीबीच सोमबार राजधानीमा भेटवार्ता भएको छ । दुई देशका प्रधानमन्त्रीहरु द्विपक्षीय संयन्त्रको बैठकलाई नियमित गर्न सहमत भएको परराष्ट्र मन्त्रालयले राति जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

बैठकमा दुई देशका प्रधानमन्त्रीले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कको बडापत्रको भावनानुसार सार्क प्रक्रियालाई पुनःजीवन दिन आआफ्ना विचार आदानप्रदान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग पाकिस्तानका प्रधानमन्त्री अब्बासीले राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार बिहान शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको जनाइएको छ । 

राष्ट्रपतिसँगको भेटअघि उनको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री अब्बासीसँग भेटवार्ता हुने कार्यक्रम छ । नेपालको भ्रमण पूरा गरी पाकिस्तानी प्रधानमन्त्री मङ्गलबार स्वदेश प्रस्थान गर्ने भएका छन्। 

तर अब्बासीले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा लगायत कसैसँग पनि भेट्ने कार्यतालिका छैन । नेपाली काँग्रेसका सभापति निकट स्रोतले दिएको जानकारी अनुसार सोमबार रातीसम्म सभापति देउवासँग भेट्ने कार्यतालिका छैन । सभापति देउवाका स्वकीय सचिव केशव जोशीले साँझ ७ बजेसम्म अब्बासी र सभापति देउवाबीच भेटघाटको कुनै कार्यतालिका तयार नभएको जानकारी दिए । उनले त्यसपछि पनि अब्बासीसँग भेट गर्ने तय भएको जानकारी नभएको प्रतिक्रिया दिए । 

त्यसैगरि देउवाका प्रेस संयोजक गोविन्द परियारले पनि सोमबार रातीसम्म देउवा र अब्बासीबीच भेट गर्ने विषयमा समय तय नभएको जानकारी दिए । तर पाकिस्तानी प्रमको भ्रमणमा विपक्षी दलसँगको भेटघाट कार्यक्रम नहुनुलाई कुटनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ