arrow

इतिहास कोर्न उत्तर कोरियाली शासक किम आतुर 

logo
प्रकाशित २०७४ फागुन २२ मंगलबार
kim-korea.jpg

काठमाडौं । उत्तर कोरियाली शासक किम जोङ उनले दक्षिण कोरियासँग इतिहास कोर्न आतुर रहेको बताएका छन् । 

दक्षिण कोरियाका प्रतिनिधिसँग प्योङयाङमा कुराकानी गर्दै किमले नजिकको सम्बन्ध स्थापना गर्ने सन्दर्भमा इतिहास कोर्न आतुर रहेको बताएका हुन् । 

उत्तर कोरियाको समाचार संस्था केसीएनएका अनुसार किम दक्षिण कोरियाप्रति निकै सकारात्मक देखिएका छन् । 

दक्षिण कोरियाली १० सदस्यीय प्रतिनिधि मण्डल उत्तर कोरियामा छ । टोलीमा दुई जना मन्त्रीसहित गुप्तचर प्रमुख, राष्ट्रिय सुरक्षा सल्लाहाकार लगायत छन् ।

पहिलो पटक किमले खुलेर कुरा गरेको केसीएनएले जनाएको छ । दक्षिण कोरिया अमेरिकी सहयोगमा चलेको भन्दै किमले यसअघि नराम्रो व्यवहार गर्दै आएका थिए । 


गत महिना दक्षिण कोरियामा आयोजित विन्टर ओलम्पिकपछि दुई कोरियाको सम्बन्ध सुमधुर बन्दै गएको छ । 

ओलम्पिकमा मिलेर एउटै टिमसमेत बनेको थियो । दक्षिण र उत्तर कोरियाको यो सौहार्दताले विश्वलाई भने चकित नै पारेको छ । 

किमले दक्षिण कोरियाली टिमसंग डिनरसमेत गरेका छन् । 

Image provided by South Korean president's office, Kim Yong-Chol (2nd right), vice-chairman of North Korea's ruling Workers' Party Central Committee, talks with South Korean delegation in Pyongyang, North Korea. Photo: 5 March 2018

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ