arrow

इर्फान खान गम्भीर बिमार, के भयो ? 

logo
प्रकाशित २०७४ फागुन २२ मंगलबार
irfan.jpg

काठमाडौं । बलिउड अभिनेता इर्फान खान गम्भीर बिमार भएका छन् । उनले आफ्नो रोगबारे १० दिनमा सबै बताइदिने ट्वीटरमा उनले बताएका छन् । 

उनले १० दिनसम्म आफ्ना लागि भगवानसंग प्रार्थना गर्न पनि आग्रह गरेका छन् । 
उनले भनेका छन्, ‘कुनै दिन तपाई बिहान उठेपछि तपाईलाई लाग्छ कि जिन्दगी खत्तम भयो, बितेका १५ दिनदेखि मेरो जीन्दगी एक रहस्यमयी कहानीमा चलिरहेको छ । जति मलाई पत्तो भएको छ त्सबाट एक गम्भीर बिमारसंग जुधिरहेको छु ।’

उनले अगाडि लेखेका छन्, ‘मैले जीन्दगीमा कहिल्यै सम्झौता गरिन, म जहिले पनि आफ्नो स्वेच्छाले लडिरहें र अबका दिनमा पनि त्यही गर्नेछु ।’

उनले रोग नखोली थप लेखेका छन्, ‘मेरो परिवार र साथीहरु मेरो साथमा छन्, हामीहरु सही मार्ग निकाल्ने प्रयास गरिरहेका छौं ।’

गम्भीर रोगबारे थप लेखेका छन्, ‘जब सबै परीक्षणहरु हुन्छन् आउँदा १० दिनमा सबै कुरा बताउने छु, तबसम्मका लागि मेरा लागि प्रार्थना गर्नु ।’

सन् १९६७ जनवरी ७ तारिखमा जयपुरमा जन्मिएका इर्फानले थुप्रै हिन्दी तथा अंग्रेजी चलचित्र खेलेका छन् । 

उनले सन् १९८८ मा मीरा नायरको चलचित्र ‘सलाम बम्बे’ बाट डेब्यु गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ