arrow

नेपाल पत्रकार महासंघ श्रमजीवी पत्रकारबारे खरो भएर उत्रिदै 

logo
प्रकाशित २०७४ फागुन २२ मंगलबार
FNJ-Nepal-patrakar-mahasangh.jpg

जनकपुरधाम । नेपाल पत्रकार महासंघ श्रमजीवी पत्रकारका हकहितका लागि खरो भएर उत्रने भएको छ । 

जनकपुरधारमा सोमबारदेखि जारी केन्द्रीय कार्य समितिको तेस्रो पूर्णकालीन बैठकमा श्रमजीवी पत्रकार, पत्रकारको शुद्धीकरण र न्यूनतम पारिश्रमिकबारे गहन छलफल भइरहेको छ । 

दुई दिने बैठकमा श्रमजीवी पत्रकारका विविध एजेण्डाबारे छलफल गर्ने कार्य योजना रहेको महासंघका महासचिव रमेश विष्टले जानकारी दिए । 

बैठकको पहिलो दिन समग्र प्रदेश नं २ मा रहेका शाखा अध्यक्षसँग विभिन्न जिल्लामा पत्रकारिताको पछिल्लो अवस्थामा देखिएको अवसर र चुनौती र समस्याबारे जानकारी लिइएको थियो । 

बैठकले श्रमजीवी पत्रकारको हकहित, सञ्चारमाध्यममा पछिल्लो समयमा देखिएका विविध समस्याबारे छलफल गरी ठोस निर्णय लिने केन्द्रीय सदस्य माधव चम्लागाईले बताए । 

बैठकले पत्रकार महासंघको भावी कार्यदिशा रणनीतिसमेत तय गर्नेछ । बैठकमा महासंघका पूर्वअध्यक्ष डा सुरेश आचार्य, डा महेन्द्र विष्ट, मिडिया कानूनविद् टंक अर्याललगायतले सञ्चार र संविधानमा उपलब्ध सञ्चारसम्बन्धी ऐन कानूनबारे कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । 

बैठक सोमबारदेखि सुरु भए पनि मंगलबार बिहान प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतले उद्घाटन गर्दैछन् । 

बैठक बुधबारसम्म लम्बिन सक्ने देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ