arrow

संसदको पहिलो बैठकमा गहनाले झपक्कै गंगा : के लगाइन् यस्तो ? कहाँबाट ल्याइन् ?

logo
प्रकाशित २०७४ फागुन २२ मंगलबार
ganga_chaudhari.JPG

काठमाडौं । २०७० को संविधानसभामा थरुहट तराई पार्टी नेपालकी सभाषद गंगा चौधरी सत्गौवा, अहिले एमालेबाट समानुपातिक तर्फको सांसद बनेकी छन् ।

गएको आइतबार बसेको संसदको पहिलो बैठकमा आदिवासी पहिरनसँगै गहनाले झपक्कै भएर पुुगेकी सांसद चौधरी आकर्षणको केन्द्र बनिन् । कहाँबाट कहिले कसरी संकलन गरिन् त उनले यति धेरै गर गहना ? 

संघीय संसदको पहिलो बैठक बस्ने दिन जातीय पहिना झल्के गरी के–के लगाउने भन्ने सांसद गंगा चौधरीले अघिल्लो दिन नै गमेकी थिइन् ।

त्यो दिन यी सबै गरहगना लगाउन उनलाई झण्डै पौने घण्टा जस्तो लाग्यो । जव उनी थारु पहिचानको पोशाक लगाएर संसद भवन प्रवेश गरिन् त्यसपछि फोटो खिच्नेहरुको केन्द्र बनिन् । 

कहाँबाट ल्याइन् सांसद चौधरीले यी गर गहना ? 

सांसद चौधरी, दाङ घोराहीकी रैथाने हुन् । २०५९ सालमा उनको विवाह, त्यो क्षेत्रका चर्चित नेता परशुनारायण चौधरीका भाइका काहिँलो छोरासँग भयो । त्यही बेला हो, उनले यी सबै गहना पाएको । खासमा सासु ससुराको तर्फबाट उनले यी गहना पाकी हुन् । के त्यसो भए तपाईंले जोडेका कुनै जहना होइनन् तपाईंले लगाएका ? “होइन नि मैले त कहाँबाट किन्नु यति धेरै गहना ?'' उनले भनिन् । उनका श्रीमान् जनपद प्रहरीका सइ थिए त्यो बेला । तत्कालिन विद्रोही माओबादीले डरत्रास र धम्की दिएपछि, उनका श्रीमान्ले जागिरबाट राजिनामा दिए । हाल गंगालाई सहयोग गर्दै आएका छन् । त्यसैले कमाएर गहना जोरजम गर्ने हैसियत छैन, उनले भनिन् । 

दुलही बनेर भित्रँदा उनले समग्रमा ७ किलो जति चाँदीका गहना पाएकी थिइन् । संसद बैठकको पहिलो दिन उनले लगभग ३ किलो जति मात्र गहना लगाएकी हुन् । “मसँग अरु थुप्रै गहना छन् नि, म त काहिँली बुहारी हुँ, श्रीमानका ७ दाजुुभाइ छन्’’ उनले सुनाइन् ।  सबभन्दा बढी गहना तपाईंले नै पाउनुु भएको हो ? “होइन नि, मैले त सबभन्दा कम पाएको हुँ नि, अरु देउरानी जेठानीको त झन् धेरै छ“गुनासो पनि गरिन्। उनलाई यी गरगहनाको कति मूल्य पर्छ भन्ने हेक्का पनि छैन । गह्रौं हुँदैन न त यती भारी गहना लगाएर हिँड्न ?

मुस्कुराउँदै भनिन्, “हुँदैन नि, पहिचानसँग जोडिएको कुरा हो, आफ्नो संस्कार संस्कृतिलाई माया गर्नु पर्याे नि । उनले बैठकमा सामेल हुँदा लहुंगा लगाइकी थिइन् । मैले गोडामा लगाएको गहना पनि देख्नुभयो ? उनले सोधिन् । देखिएन । “मैले गोडामा कारा लगाएको थिएँ नि, त्यही लहुंगाले ढाकिदियो होला’’ उनले भनिन् । 

के गर्छिन् त अब यी गहना ? 
आफ्नो संस्कार संस्कृतिप्रति चासो राख्ने गंगा चौधरी, परम्परागत गहना संरक्षण र हस्तान्तरणमा विस्वास राख्छिन् । “सासु सुसुराले दिएको गरहना सुरक्षित राख्छु, मेरा एक छोरा र दुई छोरी छन् । अब बुहारी ल्याउँदा यी गरहना पनि उनैलाई दिन्छु“, उनले भनिन् । अनि छोरीहरुलाई चाहिँ नदिने ? हाँस्दै भनिन्, “खोइ....उनीहरुलाई आफ्नै सासु ससुराले देलान् कि ?’’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ