arrow

नेयमार बिनाको पिएसजीले मड्रिडलाई रोक्ला ? 

logo
प्रकाशित २०७४ फागुन २२ मंगलबार
real--madrid.jpeg

काठमाडौं। च्याम्पियन्स लिग फुटबलको 'राउण्ड अफ १६' को दोस्रो खेलमा फ्रान्सको क्लब पिएसजी र स्पेनिस क्लब रियाल मड्रिड भिड्दैछन्। पहिलो खेलमा मड्रिड ३-१ गोलले बिजयी भएको थियो। 

क्वार्टरफाईनलमा पुग्नकालागि मड्रिडलाई जित वा बराबरी आवश्यक रहेको छ भने पिएसजीलाई कम्तिमा ३ गोलको अन्तरले बिजयी हुनु पर्ने छ।  

आफ्नो गृह मैदानमा स्टार खेलाडी नेयमार बिना उत्रिन लागेको पिएसजीलाई जित दिलाउनकालागि काभानी। डिमारिया र एमबाइप्पेको खेलमा निर्भर गर्ने छ। नेयमारको सट्टामा डि-मारिया खेल्ने संभावना रहेको छ। 

आफ्नो घरेलु लिगमा यही तिनजनाको जोडीले गोलको मौकाहरु बनाउने गरेका छन्। नेयमार नहुँदा पिएसजीको अग्रपंक्तिलाई गाह्रो हुने निश्चित छ। मड्रिडका सर्जियो रामोश र रफायलल भरानेको जोडीको रक्षापंक्ति तोड्न पनि पिएसजीको अग्रपंक्तिलाई गाह्रो हुने छ। 

मड्रिडका अग्रपंक्तिमा क्रिष्टियानो रोनाल्डो, गारेथ बेल र बेन्जेमाको समुह पिएसजी रक्षापंक्तिकालागि सहज पक्कै हुने छैन। 

मड्रिडबाट मोड्रिचको ह्याम्स्ट्रिङको समस्याले खेल।न नसक्ने संभावना धेरै रहेको छ भने टोनी क्रुशको पनि घूँडामा समस्या देखिएको छ। 

फ्रान्स र स्पेनका प्रमुख क्लबहरुको भिडन्त हेर्न लायक भने पककै हुनेछ। नेयमार बिनाको टोलीलाई मड्रिडले अलि सहज रुपमा लिए पनि पिएसजीलाई कम आंक्न भने मिल्दैन। 

पिएसजीले जितेमा खेल अति नै रोमाञचक हुने निश्चितै छ। जिनेदिन जिदानको मड्रिडले ला-लिगामा कमजोर प्रदर्शन गरिरहेकाले उनकालागि च्याम्पियन्स लिग यो सिजन एउटा उपाधि हात पार्ने एक मात्र बिकल्प रहेको छ। जिदानले पिएसजी बिरुद्धको खेलमा आफ्नो रणनैतिक कौसलता प्रदर्शन गर्ने बिश्वास गरिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ