arrow

शुशीलाको नयाँ गीत बजारमा

logo
प्रकाशित २०७४ फागुन २२ मंगलबार
sushila.jpg

काठमाडौं । गायिका शुशीला पाठकले म्युजिक भिडियोसहित नयाँ गीत सार्वजनिक गरेकी छिन् । गायिका एवंम् मोडल सुशीला पाठकको आवाजमा ‘सानीलाई’ बोलको गीत सार्वजनिक भएको हो ।

फिल्मी र अन्य गरी ३५ गीतमा स्वर दिइसकेकी पाठकले पुरा फिचरीङ्ग गरेको भने पहिलो पटक हो । यस अघि उनले तीजको एउटा गीतमा फिचरीङ्ग गरेकी थिइन । पाँच वर्षदेखि निरन्तर गायन क्षेत्रमा रहेको र यस क्षेत्रमा नै आफु जम्ने बताउने पाठक छोटो समयमै धेरै दर्शक स्रोताको माया पाएको र आफ्नो भिडियो धेरैले हेरेकोमा दङ्ग छिन् ।

यस गीतमा कुमार सिवाकोटीको शब्द, कल्याण सिंहको संगीत र विशाल पौडेलको अरेन्ज समावेश छन् सुम्निमा, राज अनि मिलनको संयुक्त करियोग्राफीमा तयार भएको यस गीतलाई सचिन थापाले निर्देशन गरेका हुन् ।

अर्जुन सापकोटाले खिचेको यस गीतमा टेकेन्द्र शाहको सम्पादन रहेको छ । माधनी पाठक अनि भुपेन पाठकको लागानीमा बजारमा सार्वजनिक भएको गीतलाई दर्शक स्रोता दुबैले रुचाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ