arrow

मध्यरातको चर्काचर्कीबीच राष्ट्रपतिकालागि एमालेबाट विद्याले बाजी मारिन्  

logo
प्रकाशित २०७४ फागुन २३ बुधबार
Bidhya-bhandari-parmanikarn.jpeg

काठमाडौं। मध्यरातसम्म चलेको चर्काचर्कीकाबीच नेकपा एमालेले बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। मंगलबार साँझ बसेको एमाले स्थायी समितिको बैठकमा अष्टलक्ष्मी शाक्य, सुभाषचन्द्र नेम्वाङ र झलनाथ खनालको पक्षमा समेत व्यापक आवाज उठेपछि मध्यरातसम्म बैठक लम्विएको थियो । 

अन्तमा पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव र्इश्वर पोखरेल लगायतका ओलीपक्षीय नेताहरुको विशेष पहलमा भण्डारीलाई नै फेरि अर्काे कार्यकालको लागि राष्ट्रपति निर्वाचनमा एमालेको तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको हो । 

बुधबार राष्ट्रपति निर्वाचनको लागि मनोनयनको कार्यतालिका रहेको छ। एमाले र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार आफ्नो भागमा परेको राष्ट्रपतिमा एमालेले निर्णय लिएसँगै भण्डारी आगामी पाँच वर्षका लागि पुनः राष्ट्रप्रमुखको भूमिकामा रहने निश्चित भएको छ।

एमाले, माओवादी सरकारमा संघीय समाजवादी फोरमसमेत सहभागी हुने निर्णयपछि सत्तारूढ गठबन्धनको प्रतिनिधिसभामा दुईतिहाइ मत पुगेको छ। राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य गरी ८८० जना मतदाता कायम रहेका छन् । ४ जनाले मतदान गर्न पाउने छैनन् ।

राष्ट्रपति निर्वाचनका लागी संघ र प्रदेशका सदस्यको मतभार फरक फरक हुने छ । संघीय संसद्मा कायम प्रतिनिधिसभाका २७५ र राष्ट्रिय सभाका ५९ गरी कुल ३३४ सदस्यको मतभार एक सांसद बराबर ७९ र प्रदेश सभाका कुल ५ सय ५० सांसदको एक सांसद बराबर ४८ हुने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ