- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । रियाल मड्रिड र लिभरपुल च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा पुगेका छन् ।
स्पेनिस रियालले फ्रेन्च क्लव पीएसजीलाई प्रिक्वाटरको दोस्रो लेगमा २–१ ले हरायो । रियालका लागि क्रिस्टियानो रोनाल्डो र क्यासेमिरोले १–१ गोल गरे ।
६६ औं मिनेटमा मार्को भेरातीको रातो कार्डपछि १० जनामा समेटिएको पीएसजीले त्यसको ५ मिनेटपछि एडिसन काभानी मार्फत गोल गर्दै १–१ को बराबरी गरे पनि त्यसलाई निरन्तरता दिन सकेन र गोल खायो ।
पहिलो लेगको खेलमा रियाल ३–१ ले विजयी भएको थियो । पीएसजीले घरेलु मैदानमा ब्राजिलियन स्टार नेइमारको अभाव खड्कियो । नेइमार घाइते छन् ।
त्यसैगरी लिभरपुलले एफसी पोर्टोसंग गोलरहित बराबरी खेल्यो । घरेलु मैदानमै लिभरपुलले निरस खेल्यो । तर पहिलो लेगमा ५–० ले विजयी लिभरपुलले एग्रिगेसनमा ५–० कै जितका साथ लिभरपुल क्वाटरफाइनलमा पुगेको हो ।