arrow

चिप्लियो भारत, श्रीलंकासंग टेक्यो घुँडा

logo
प्रकाशित २०७४ फागुन २३ बुधबार
india-sl2.jpg

काठमाडौं । निदाहास टी–२० क्रिकेट प्रतियोगितामा भारतले श्रीलंकासंग घुँडा टेकेको छ । 

त्रिकोणात्मक प्रतियोगिताको पहिलो खेलमा भारत श्रीलंकासंग ५ विकेटले पराजित भयो । 

पहिले ब्याटिंग गरेको भारतले ५ विकेटको नोक्सानीमा १७४ रन बनायो । ९ रन जोड्दा २ विकेट गुमाएको भारतका लागि शिखर धवनले ४९ बलमा ९० रन बनाएका थिए । 

मनिस पान्डेले ३५ बलमा ३७ रन जोडे । 

तर त्यो चुनौती श्रीलंकालाई कठिन भएन । ५ विकेटकै नोक्सानीमा १८.३ ओभरमा पार गर्यो । कुसल परेराले ३७ बलमा ६६ रन बनाए । 

यो जितपछि श्रीलंकाको २ अंक भएको छ । 

प्रतियोगिताको दोस्रो खेलमा बिहिबार भारत र अर्को टिम बंगलादेश खेल्नेछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ