arrow

एमालेले के सोच्छ राष्ट्रपतिलाई ?

logo
प्रकाशित २०७४ फागुन २३ बुधबार
CPN-UML-Flag.jpg.jpeg

काठमाडौं । नेकपा एमालेको स्थायी समिति बैठकले मंगलबारको रात घर्किसकेपछि राष्ट्रपतिको उम्मेदवार बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै बनाउने निर्णय गरेको छ । 

लामो चर्काचर्कीपछि भएको सो निर्णय प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेताहरुबाट लादिएको आरोप झलनाथ खनाल पक्षीय नेताहरुले लगाएका छन् । 

भण्डारीको नाम एमालेभित्र छलफल हुँदै गर्दा उनी सिंगो नेपालको राष्ट्रपतिको हिसाबमा भन्दा पनि नेताहरुले उनलाई एउटा गुटको नेताको रुपमा प्रस्तुत गरेका थिए । 

अझ एमालेले राष्ट्रपतिमा भण्डारीलाई नै दोहोर्याउने निर्णय गरेको छ। यो निर्णयले केपी ओलीमाथि दुईतिहाईको दम्भमा बढ्न खोजेको आरोप लाग्न थालेको छ । 

राष्ट्रपतिले पुनः दोहोरिने इच्छा व्यक्त गरिरहेको बेलामा एमालेले उनलाई राष्ट्रपति दोहोर्याउनको लागि सघाउने निर्णय गरेको भनिए पनि राजनीतिक रुपमा यसको अन्तर्य फरक थियो । विद्यालाई दोहोर्‍याउने निर्णय गर्दैगर्दा झलनाथ खनालदेखि सुवास नेम्वाङ र अष्टलक्ष्मी शाक्य सबैलाई एकैलटमा किनारामा राख्न सम्भव हुन्थ्यो। त्यो ओली तथा उनका निकटहरुले गरे।

एमालेले राष्ट्रपतिलाई आफ्नै कार्यकर्ता जस्तो पुनः राष्ट्रपतिको उम्मेदवार बनाउने भन्नु, राष्ट्रपति एमालेको टिकटबाट फेरि उम्मेदवार बन्नुले विद्यादेवी भण्डारी बहालवाला राष्ट्रपतिसँगै एमाले नेतासमेत रहेको  आरोप लाग्न थालेको हो । 

मध्यरातमा बैठकबाट निस्किएका नेता बामदेव गौतमले, ‘रेकर्ड पनि नगर्नू, फोटो पनि नखिच्नू, राष्ट्रपति भण्डारीलाई दोहोर्‍याउने निर्णय भयो, त्यति हो कुरा।’ मात्रै भनेर निस्किएका थिए ।

यो भाषाले एमालेलाई कुनै न कुनै विन्दूमा पुगेर पोल्ने निश्चित छ । किनकि एमाले शिर्ष दलमात्र भएको हो पूर्ण दुई तिहाइ होइन । 

पाँच वर्षे सरकार चलाउने म्यान्डेट मात्र पाएको हो सदावहार देश हाँक्ने  र विधि मिच्ने लाइसेन्स पाएको हैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ