arrow

ओली सांसदको सपथ नखाई प्रधानमन्त्री भएको भन्दै नियुक्ति बदरको माग, सर्वोच्चमा रिट

‘नियुक्तिका लागि राष्ट्रपतिले आह्वान गर्ने ठाउँमा ओली आफै निवेदन बोकेर गए’

logo
प्रकाशित २०७४ फागुन २३ बुधबार
kp-oli-final.jpg

काठमाडौं । सांसदको सपथ नै नलिई प्रधानमन्त्रीको सपथ लिएको भन्दै केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । कानुन व्यवसायी यज्ञमणि न्यौपानेले वुधबार सांसदको सपथ नै नखाइकन प्रधामन्त्रीको सपथ लिएको भन्दै ओलीविरुद्ध सर्वोच्चमा रिट हालेका हुन् ।

न्यौपानेले हालेको रिटको पेशी शुक्रबार तोकिएको छ । कानुन व्यवसायी न्यौपानेले रिटमा संसदको सपथ नभएसम्म प्रधनमन्त्री हुन नपाउने व्यवस्था रहेको दावी गरेका छन् ।

रिटमा प्रधानमन्त्री ओलीको सपथ संविधानको धारा ९३, ७६ (२) र ८८ विपरीत भएको भन्दै उत्प्रषणको आधारमा ओलीको नियुक्ति वदर गरी तत्काल प्रधानमन्त्री रहेका देउवा नेतृत्वको कमचलाउ सरकारलाई पुनःस्थापना गरी संसदको अधिवेशन डाकेर पुनः प्रक्रियामा लैजान र प्रधानमन्त्रीको निर्वाचन गराउन भनिएको छ ।

न्यौपानेले सपथ नभई प्रतिनिधि सभाको सदस्य नहुने र प्रतिनिधि सभाको सदस्य हुन संवैधानिक पृक्रिया अनुसार सपथ खानै पर्ने जिकिरसाथ रिट हालेका हुन् । उनले प्रधामन्त्री नियुक्त हुन पनि राष्ट्रपतिले आह्वान गर्नु पर्ने ठाउँमा ओली आफै निवेदन बोकेर गएको भनि टिप्पणी गर्दै आएका थिए । त्यसरी निवेदन बोकेर जानेको भने सांसदको सपथनै नखाएको कुनै एक व्यक्ति प्रधानमन्त्री बन्नसक्ने उनको भनाई छ ।

संविधानको धारा ९३ (१) मा ‘राष्ट्रपतिले प्रतिनिधि सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र संघीय संसदको अधिवेशन आव्हान गर्नेछ । त्यसपछि यस संविधान बमोजिम राष्ट्रपतिले समय समयमा दुवै वा कुनै सदनको अधिवेशन आव्हान गर्नेछ’ भनिएको छ ।   

यस्तै, धारा ७६ (२) ले ‘उपधारा (१) बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ’ भनेको छ ।

धारा ८८ ले ‘संघीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनु अघि संघीय कानून बमोजिम सपथ लिनु पर्नेछ’ भनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ