arrow

रुकुमका दुई स्थानमा तरकारी संकलन केन्द्र स्थापना

logo
लोकेन्द्र खनाल,
प्रकाशित २०७४ फागुन २३ बुधबार
krishi.jpg

रुकुम।  रुकुम पुर्वका दुईस्थानमा पहिलो पटक तरकारी संकलन केन्द्र स्थापना गरिएको छ । जिल्लाको सिस्ने गाउँपालिका ६ रुकुमकोट र भूमे गाउँपालिका ३ मोराबाङ्गमा संकल केन्द्र स्थापना गरिएको हो ।

त्यस क्षेत्रमा उत्पादित ताजा तरकारीको संकलन गरी सहज विक्री वितरण गर्ने उद्देश्यले तरकारी संकलन केन्द्र स्थापना गरिएको हो । जिल्लामा सञ्चालीत रुकुमेली समाज विकास केन्द्रद्धारा सञ्चालित खाद्य सुरक्षा तथा वातावारण संरक्षण परियोजना (टिडिएच)को आर्थिक सहयोगमा जिल्लामै पहिलो पटक संकलन केन्द्र स्थापना भएपछि किसानहरु खुशी भएका छन् ।

दुई ठाउँमा प्रति संकलन केन्द्रमा परियोजनाको रु ७ लाख ७५ हजार  ३६० र स्थानीयको रु २ लाख ११ हजार ४४८ गरी जम्मा रु ९ लाख ८६ हजार ८०८ लगानीका दरले तरकारी संकलन केन्द्र स्थापना गरिएको संस्थाका अध्यक्ष नरबहादुर नेपालीले जानकारी दिए । यहाँ उत्पादन भएका खाद्यबस्तुको बजारीकरणको लागि संकलन केन्द्र स्थापना गरिएको उनको भनाई छ ।

दुर्गम गाउँमा तकरकारी संकलन केन्द्र स्थापना भएसँगै किसानहरु खुसी भएका छन् । अब किसानका बारीमा उत्पादन हुने कृषिजन्यबस्तु संकलन गरी बजारीकरणमा सजिलो हुने मोरवाङका किसान घनबहादुर बुढाले बताए ।

यस क्षेत्रमा बजार अभावमा ताजा तरकारीले बजार नपाउदा बारीमा नै कुहिने समसया थियो । व्यवसायी तरकारी खेतीलाई प्रोत्साहन गर्न तरकारी संकलन केन्द्रको स्थापना गरिएको छ । यस क्षेत्रमा विशेषगरी आलु, टमाटर, मुला, काउली  सिमीलगायत उत्पादन हुँदै आएको छ ।

गाउँमा उत्पादन भएको तरकारी संकलन केन्द्रमा ल्याउन र बाहिर विक्रि गर्न लिनको लागि संस्थाले मोरवाङमा रहेको समृद्धि महिला सहकारी संस्थालाई एउटा गाडी समेत उपलब्ध गराएको अध्यक्ष नेपालीले बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ