arrow

प्रदेश ७ को मुख्य न्यायाधिवक्तामा उपाध्याय नियुक्त

logo
प्रकाशित २०७४ फागुन २३ बुधबार
kulananda.jpg

धनगढी । प्रदेश नं ७ को मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले प्रदेशको मुख्य न्यायाधिवक्तामा कुलानन्द उपाध्यायलाई नियुक्त गर्ने निर्णय गरेको छ ।  अछामको तुर्माखात गाउँपालिका स्थायी ठेगाना भएका अधिवक्ता उपाध्याय विगत २३ वर्षदेखि धनगढीमा बसेर वकालत गर्दै आएका छन् ।  

नेपाल बार एशोसिएशनको केन्द्रीय उपाध्याक्षसमेत रहेका ४६ वर्षीय उपाध्यायले संवैधानिक कानून, फौजदारी कानून र समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् ।  

बैठकले चार सदस्यीय प्रदेश कानून मस्यौदा समिति गठन गर्ने निर्णय गरेको बैठकपछि प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ