arrow

को–को छन् राष्ट्रपतिका दाबेदार ?

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1056223429.jpeg
सत्तारुढका उम्मेदवार विद्याको सम्भावना 
सत्तारुढ गठबन्धनले एमाले उपाध्यक्ष विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने सम्भावना छ । यसबारे एमाले र एमाओवादीबीच अनौपचारिक सहमति भइसकेको छ । स्रोतका अनुसार सोमबार बिहान बस्ने एमाले स्थायी समिति बैठकले यसबारे औपचारिक टुंगो लगाउने मनोज, रमेश, बविनले नयाँ पत्रिकामा लेखेका छन् । 
 
नेम्वाङको पनि चर्चा 
निवर्तमान सभामुख सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउनेबारे पनि एमालेभित्र छलफल चलेको छ । तर, एउटै व्यक्तिलाई पटकपटक अवसर दिनुको सट्टा नयाँ अनुहारलाई अघि सार्नुपर्ने मत बलियो छ । 
 
उपराष्ट्रपतिमा पासाङ 
सत्तारुढ गठबन्धनले नन्दकिशोर पुनलाई उपराष्ट्रपतिमा अघि सार्ने भएको छ । एमाओवादीभित्र उनको नाममा अनौपचारिक सहमति भइसकेको स्रोतको दाबी छ । तत्कालीन माओवादीको जनमुक्ति सेनाका कमान्डर पुन एमाओवादीभित्र अवसर नपाएका थोरै नेतामध्येका एक हुन् । 
 
कांग्रेसका उम्मेदवार कुलबहादुरको सम्भावना 
कांग्रेसले जनजाति मूलका पुराना नेता कुलबहादुर गुरुङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने सम्भावना धेरै छ । उनी आफैँले पनि जित्ने वा हार्ने स्थितिमा पनि आफू उम्मेदवार बन्ने इच्छा व्यक्त गरेका छन् । यद्यपि, यसको औपचारिक टुंगो सोमबार  लाग्ने कांग्रेसले जनाएको छ । त्यस्तै दलित समुदायका मानबहादुर विश्वकर्मा पनि राष्ट्रपतिका दाबेदार हुन् । 
 
रामवरण पनि दाबेदार 
अहिलेका राष्ट्रपति डा. रामवरण यादवले पनि पुन: उम्मेदवार बन्ने इच्छा नेताहरूसँग व्यक्त गरेका छन् । तर, उनको नाममा पार्टीभित्र सहमति जुट्ने सम्भावना कम छ । उपराष्ट्रपतिमा टुंगो छैन उपराष्ट्रपतिका लागि कांग्रेसभित्र नेताहरूले औपचारिक रूपमा दाबी नै गरेका छैनन् । महिला वा दलित समुदायबाट उम्मेदवार बनाउने भएकाले कोषाध्यक्ष चित्रलेखा यादव वा केन्द्रीय सदस्य मानबहादुर विश्वकर्मालाई अघि सार्ने सम्भावना छ । 
 
रेग्मीको पनि चर्चा 
चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको नाम पनि राष्ट्रपतिको उम्मेदवारमा चर्चा छ । कांग्रेस बैठकमै वरिष्ठ नेता शेरबहादुर देउवाले ‘रेग्मी पनि इच्छुक रहेको’ भन्दै उनको नाम अघि सारेका थिए । अन्य दलहरूले पनि सहमति जनाए रेग्मीलाई अघि सार्नुपर्ने देउवाको प्रस्ताव थियो । तर, कांग्रेसभित्रै रेग्मीको नाममा सहमति हुने सम्भावना कम छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ