arrow

आशिष्मा लगनगाँठो कस्दै : विहेपछि अमेरिका जाने

logo
प्रकाशित २०७४ फागुन २४ बिहिबार
aashisma.JPG

काठमाडौं । नायिका आशिष्मा नकर्मीले आउँदो सोमबार लगनगाँठो बाँध्ने भएकी छन् । आशिष्माको विहे हाल अमेरिका बस्दै आएका काठमाडौं पुरानो बानेश्वरका नबिन्द्रचन्द्र प्रधानसँग हुन लागेको हो ।

नेवारी परम्परा अनुसार गरिने आशिष्माको बिहेको लगन बिहान ११ बजेका लागि जुराइएको छ । विहे, कालिमाटी ब्यांक्वेट मा गरिँदैछ । नेवारी विधिविधान लामो हुने भएपनि, हतारमा विहे गर्न लागेकोले एकैदिनमा बिहेसिध्याउने तयारी गरिएको आशिष्माका बाबु संगीतकार मनराज नकर्मीले जानकारी दिए ।

आशिष्माका बाबुआमाले केटा चिनेका होइनन् । आशिष्मा आफैंले रोजेका केटा हुन् नविन्द्रचन्द्र प्रधान । विहेको कुरा भएको जम्माजम्मी १५ दिन मात्रै भएको छ । त्यसैले यसपाली नै आशिष्माको बिहे गर्ने तयारी परिवारको थिए । संगीतकार नकर्मीले भने “माइली छोरीको पोहर मात्रै विहे भएको हो, यसैताका । “थाहा पाएको भए पोहरै दिदी बहिनीको सँगै विहे गरिदिन्थें“ बजेट पनि धेरै लाग्दैनथ्यो ।'' आशिष्माको विहेका लागि उनको परिवारबाट करीब ४ सय र केटाको तर्फबाट ८० जनाजति जन्ती बोलाउने सहमति भएको छ ।

''विहे गरेपछि आशिष्मा पनि अमेरिका नै जाने रे, यता नबस्ने रे'' बाबु मनराजाले भने । संगीतकार मनराजा नकर्मीको स्वास्थ्य यतिबेला राम्रो छैन । उनले भोकल कर्डको अप्रेशन गरेको एक महिनाजति भयो । घाँटीकै समस्याका कारण गीतसंगीतमा नलागेको ८ महिना जतिभयो । लामो कुराकानीका लागि समस्या भने । त्यसैले लामो कुराकानी भएन । नकर्मीकी कान्छी छोरीले अब उनको स्याहार गर्नेछिन्, आशिष्मा अमेरिका गएपछि ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ