arrow

सत्ययुगको मातृसत्ता कसको कारण ढल्यो ? 

logo
सत्या पहाडी,
प्रकाशित २०७४ फागुन २४ बिहिबार
satra_pahadi.jpg

काठमाडौं । एउटा काल खण्ड थियो । जुन समयमा नेपाल समाज मातृसत्ताले सुशोभित भएको थियो । परिवारमा दबदबा मातृशक्तिको नै थियो भने पुरुषहरु अहिलेको महिलाको अवस्थामा थियो । तर, परिवेश बदलियो, समाज बदलियो र यसको शासन शैली पनि बदलियो आजको कलियुगसम्म आईपुग्दा महिलाहरुलाई आरक्षण दिएर सत्तामा ल्याउनुपर्ने अवस्था सिर्जना भएको छ । 

त्यतिबेला महिला शक्तिमाथि विभिन्न किसिमको आरोपहरु लगाईयो । पितृ सत्ताले महिला जैविक हिसावले कमजोर हुने भन्दै यसको विकल्पबारे चर्चा चलाईयो । महिलाहरुको वौद्धिक स्तरमाथि प्रश्नचिह्न खडा गरियो । उनीहरुमा यही केही कमजोरीको आधार लिएर महिलाहरुलाई दोस्रो तहको रुपमा व्याख्या गरियो । जब महिलाहरुमाथिको यस्ता आरोपहरु हाबी हुन थाल्यो त्यसपछि विस्तारै महिलाहरुलाई आर्थिक गतिविधि र राजनीतिक सत्ताबाट च्यूत गरिँदैँ लगियो । अन्तमा महिलाहरुलाई घरेलु र अनुत्पादक ठाउँमा सिमित गरिँदै अन्तमा मताधिकारबाट समेत बञ्चित गराउन थालियो । 

विक्रमको २० औं शताब्दीसम्म आईपुग्दा महिलाहरुमा पनि आफ्नो अधिकारको विषयमा चेताना फैंलिँदै गयो । सन् १९०८ तिर आईपुग्दा मत्ताधिकारको माग गदैँ महिलाहरुले संगठित आन्दोलनको सुरुवात गरे । सन् १९१७ ताका रुसमा गास र बासको नारा थपेर अरु आन्दोलनको उठान भयो । त्यसरी नै अन्तराष्टिय महिला आन्दोलनको रुप ठुलो वन्दै गयो । 

अन्त त सन् १९१० मा क्लारा जेड्किन रोजालग्जवर्गको अनुवाईमा कोपेनहेगनमा भएको दोस्रो अन्तराष्टिय श्रमिक महिलाहरुको सम्मेलनले ८ मार्च लाई अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउने निर्णय गर्यो । सो सम्मेलनमा १७ देशका १ सय भन्दा बढी महिलाहरु सहभागी रहेका थिए । नेपालमा पनि सन् १९७५ देखि अन्तराष्टिय महिला दिवस मनाउदै आईएको छ । 

नेपालमा महिला समस्या र समाधानलाई बुझ्ने सम्वन्धमा मुलभूत प्रवृत्तिहरु यस्ता छन् ः  

पुरातनवादी दृष्टिकोण 
महिलाहरु प्राकृतिक हिसावले नै कमजोर छन् । दोस्रो दर्जाका हुन् र पुरुषकै सेवाका लागि जन्म भएका हुन् भन्ने जस्ता मान्यता पुरुषहरुले राख्ने गरेको छ । उनीहरु महिला हक र अधिकारको कुरा गर्न अनावश्यक हो भन्ने ठान्दछन् । यद्यपी अहिले यो मानसिकता खुम्चिदै आएको छ । 

उदारवादी सोच
महिला अधिकार र समानताको कुरा गर्ने तर त्यसका लागि राजनीतिक  तथा आर्थिक प्रणालीमा परिवर्तन आउनु पर्छ भन्ने आवश्यक ठान्दैन्न पूरुषहरु । सांस्कृतिक अधिकारको कुरा गदै आशिंक अधिकारको कुरा गर्नपनि पुरुषहरु पछि पर्दैनन् । प्रजनन्, शिक्षा, रोजगारीको कुरा मात्र गर्दछन् । यो पनि उपदेशमुलक कुरा मात्र जस्तो हुँदै आएको छ । 

माक्सवादी नारीवादी सोच 
राज्यसत्ताबाट महिलाहरु उत्पीडित भएकाले महिला अधिकारको सुनिश्चितता र समानताका लागि राजनीतिक र आर्थिक प्रणाली नै मुख्य समस्या बनिरहेको छ भन्छन् पुरुषहरु । पितृसत्ता कारक त हो तर यो एउटा समस्या मात्रै हो । शोषणमा आधारित समाज व्यवस्था मुख्य समस्या हो भन्ने मान्यता पुरुषहरुको छ । उसको लागि समानतामा आधारित समाजको विकास हुनुपर्दछ । यो सबै उत्पीडित मिलेर मुक्ति नखोजेसम्मको लागि सम्भव छैन । यस्तै सोच माक्सवादी नारीवादले राख्दछ । 

पितृसत्ता नारीवादको मुख्य समस्या  
महिलालाई अधिकारसम्पन्न बनाउनको लागि अहिलेसम्म जति विचार र सिद्धान्तहरु प्रतिपादन भएका छन् । ती सबै विचारहरु वेकारका छ । केवल नारीवादी हुनुपर्छ भन्ने सोच राडिकल नारीवाद हो । त्यसैले पुँजिवाद, समाजवाद नारी हितमा छैन्न केवल महिलाले मात्र महिलाको बारेमा सोच्नुपर्दछ भन्ने सोच नै रेडिकल नारीवाद हो । 

नेपालको सन्दर्भमा हामीले महिला समस्य र समाधानको सन्दर्भलाई हेर्दा समानुपातिक, समावेशी व्यवस्था लागु गरेका छौँ । ३३ प्रतिशत अनिवार्य उपस्थितीको व्यवस्था जस्ता महिला मुक्ति आन्दोलनमा नयाँ आयाम समेत थपिएको छ । महिलाहरुको समस्या समाधानका लागि महिला मात्रले पनि पुग्दैन् र महिला स्वंयम सहभागी नभएर पनि हुँदैन भन्ने हामीले अविलम्वन गरेको अभ्यासको सार पनि हो । 

अहिले प्राप्त अधिकार समाजका बाठाटाठाका लागि मात्र हो । अब आर्थिक, सामाजिक रुपान्तरण विकास सुशासन र संविधानको व्यावहारिक कार्यान्वयन हुनुपर्दछ । केवल कोरा समानताका कुरा गरेर मात्र हुँदैन्, जागरण पनि चाहिन्छ । राज्यले लिएको नीति र विधिको व्यवहारिक कार्यान्वय हुनुपर्दछ । 

महिला उत्पादन र आर्यआर्जनमा अनिवार्य सहभागिता गराउनु पर्दछ र रोजगारीको उचित व्यवस्था गरिदिनुपर्दछ । संविधानमा अधिकारको उपभोग गर्न सक्ने क्षमता वृद्धी पनि गर्नु जरुरी छ । अधिकारको कुरा गर्दा कर्तव्य पनि भुल्न हुदैन् । हातमा ठेला उठेका महिलाहरुलाई रोग, भोग र सोग मुक्त गर्ने अठोट नै आज अन्तराष्ट्रिय श्रमिक महिला दिवसमा गर्नुपर्ने नयाँ संकल्प हो । १०८ औ, ८ मार्चको नारा — प्राप्त उपलव्धिको रक्षा प्राप्त समान्ताका लागि अघि वढ्यौ । १०८ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको सम्पूर्णमा शुभकामना । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ