arrow

चिनियाँ कम्पनीले विस्तार गरेको चक्रपथ फुटपाथमा शुरूमै भ्वाङ

logo
प्रकाशित २०७४ फागुन २४ बिहिबार
china1.jpg

काठमाडौं । चीन सरकारको सहयोगमा विस्तार भईरहेको कलंकी कोटेश्वर सडक खण्डमा पर्ने फुटपाथ निर्माण सम्पन्न भएको १५ दिन पनि नबित्दै भत्किएको छ । कलंकीदेखि कोटेश्वर सम्मको चक्रपथ विस्तार गरी ८ लेनको बनाउने काम चलिरहेको छ । तर, सोही सडक निर्माणको क्रममा पानी व्यवस्थापन गर्ने नालीमाथि ढलान राखेर बनाईएको फुटपाथ भ्वाङ परेको हो ।  

अहिले सडक विस्तारको काम अन्तर्गत पहिलो चरणको निर्माणमा कलंकीमा अन्डरपास निर्माण, एकान्तकुना, सातदोबाटो र ग्वार्कोमा आकासेपुल निर्माण लगायतका काम धमाधन चलिरहेको छ । पहिलो चरण अन्तर्गत २०१८ को जुलाई भित्र काम सक्ने लक्ष्य लिइएको परियोजनाले जनाएको छ ।

तर, काम चलिरहँदा काठमाडौंको कलंकी नजिकै बनाईएको सो ढलान भत्किएको हो । यसले चिनियाँ निर्माण कम्पनीको सडक निर्माण कार्यमाथि समेत शंका गर्न सक्ने ठाउँ भेटिएको छ । सडकको छेउमा तलबाट पानी बग्ने नाली र माथि फुटपाथ बनाईएकोमा १५ दिन पनि नबित्दै यो भत्किँदा बाटो हिँड्ने पैदल यात्रुलाई समेत समस्या सिर्जना भएको छ ।

 कुल २७ किलोमिटर लम्बाई रहेको चक्रपथको निर्माणाधिन पहिलो खण्डको लम्बाई ९ दशमलव ५ किलोमिटर रहेको छ । ८ लेनको सडक निर्माण गरेसँगै तीव्र र सामान्य गतिमा गुड्ने गाडीका लागि लेन छुट्याइने भएको छ । जसअनुसार ४ लेनमा तीव्र गतिका र बाँकी ४ लेनमा सामान्य गतिमा गुड्ने सवारीसधानका लागि छुट्याइने भएको छ । त्यस्तै सडकको दुवैतिर ३/३ मिटर फुटपाथ र साईकल ट्रेक समेत निर्माण गरिदै छ । कलंकी–कोटेश्वर खण्डको निर्माण लागत करिव ४ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ