arrow

पारसले जोगाए खेल, स्कटल्याण्डलाई १ सय ५० रनको चुनौती

logo
प्रकाशित २०७४ फागुन २४ बिहिबार
nepal-scot.jpg

काठमाडौं । कप्तान पारस खड्काले बलियो प्रतिस्पर्धी स्कटल्याण्डको बलिङ सिकारबाट नेपालको पारी जोगाएका छन् । पारीको रक्षार्थ उनले ७५ बलमा ६३ रन बनाए । उले ४ चौका प्रहार गरे । पारी जोगाएका उनी पछि सोलेको बलिङ सिकार भए । तर, उनकै व्याटिङ मद्दतमा,, लगातार दुई खेल जितेर आएको स्कटल्याण्डलाई नेपालले एक सय ५० रनको चुनौती दियो ।

खाता खोलेका सुरुवाती व्याट्सम्यान ज्ञानेन्द्र मल्ल र विकेट किपर दिलिप नाथलाई ४ रनमा गुमाएको नेपाली पारी सम्हाल्न आइपुगेका पारसलाई दिपेन्द्र सिंह ऐरी, शरद भेषावकर र आरिफ शेखसम्मले साथ दिन सकेनन् । उनीहरुले बल मात्रै खर्चिए अंक जोड्न सकेनन् ।

पछि सोमपालले उनलाई साथ दिए । ५४ वल खर्चिएका सोमपालले १८ रन जोडे । उनी पनि रनआउट भए । नभन्दै नेपालले सय रन बनाएको अवस्थामा पारस आउट भए । नेपालले जम्मा १४ रन बनाएको अवस्थामा ४ जना व्याट्सम्यान गुमाइसकेको थियो ।

जम्मा ४७ ओभर ४ बल खेलेको नेपालले स्कटल्याण्डलाई मध्यम चुनौती दिन बसन्त रेग्मीको अविजित २४ रन पनि महत्वपूर्ण रहयो ।   नेपाल स्कटल्याण्डको बलिङ दबाबमा पर्‍यो । पहिलो खेलमा जिम्बाबेसँग १ सय १६ रनले पराजय भोगेको नेपालले स्कटल्याण्ड विरुद्धको खेलमा पनि गतिलो प्रदर्शन गर्न सकेन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ