arrow

सगरमाथा चढ्ने पत्रकार महिला आरोहीलाई प्रधानमन्त्रीले दिए हौसला

logo
प्रकाशित २०७४ फागुन २४ बिहिबार
women-journalist-everestclimber.jpg

काठमाडौं। “समानताका लागी बुलन्द आवाज“ नारा लिएर आगामी चैतमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने तयारीमा रहेका महिला पत्रकारहरुको टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिएका छन्।  अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रधानमन्त्री ओलीले पत्रकार महिला आरोहिहरुलाई भेटेर शुभकामना दिएका हुन्।  

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा विहिबार एक कार्यक्रमको आयोजना गरि प्रधानमन्त्री ओलीले प्रथम महिला पत्रकार सगरमाथा आरोहण टोलीलाई साथ, सहयोग र समर्थन रहने प्रविबद्धता ब्यक्त गरे। भेटमा महिला पत्रकारहरुलाई सुरक्षित साथ आरोहण गर्न र सकुशल फर्कन ओलीले शुभकामना दिएका थिए । पत्रकार आरोहीहरुले प्रधानमन्त्री समक्ष दस्तुर मिनाहा साथै सरकारको तर्फबाट आर्थिक सहयोगको माग गरेका थिए । 

प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ मा रोशा बस्नेत (राष्ट्रिय समाचार समिति), प्रियालक्ष्मी कार्की, (न्युज २४ टेलिभिजन), कल्पना महर्जन, (मेघा टेलिभिजन), रोजिता बुद्धाचार्य (नेपाल टेलिभिजन तथा विःपी कोईराला ममोरियल प्लानेटेरियम अब्जरभेटरी र विज्ञान सङग्रहालय विकास समिति) र देउराली चाम्लिङ (स्वतन्त्र पत्रकार) गरी पाँच महिला पत्रकारहरु सगरमाथा आरोहणको तयारीमा छन् ।

आरोहणको लागि आर्थिक, भौतिक तथा सामाजिक सहयोग जुटाउन अहिले टोली खटिरहेको छ । टोलीले पहिलो चरणको तालिम अन्तर्गत दोलखाको रोल्वालिङस्थित यालुङरी र रामदुङ हिमालको सफल आरोहण गरिसकेका छन् । टोलीले सगरमाथा आरोहण गर्नु अगाडि लोभुचे हिमाल आरोहण गर्ने तालिका रहेको छ ।

महिला पत्रकार टोलीलाई किर्तीमानी आरोही फुर्वा तेन्जिङ शेर्पाले प्रशिक्षण गराइरहेका छन् । विगद एक वर्षदेखि तालिम र तयारीमा रहेका टोलीलाई चाईनाको आर्कटस कम्पनी, ड्रिमर्स डेस्टिनेसन ट्रेक एण्ड एक्स्पिडिसन कम्पनी, बाराह ज्वेलर, कृपा फाउण्डेशन, एड्भान्स सिमेन्ट, नर्भिक हस्पिटल, साहस स्पोटर्स, पञ्चकन्या ग्रुप, कृषि विकास बैक, माछापुच्छ्रे बैक लयागतको आर्थिक सहयोग रहेको छ । 

आरोहि समुहले सगरमाथाको बेस क्याम्पबाट चुचुरोसम्म हरेक क्याम्पबाट प्रत्यक्ष प्रसारण गर्ने तयारी गरेको छ । नेपाल टलिभिजनबाट यसको प्रत्यक्ष प्रसारण हुने आरोहणको संयोजन आईफो टेक्नोलिजीले गर्ने आरोही दलका सदस्य प्रियलक्ष्मी कार्कीले जानकारी दिइन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ