arrow

भुकम्प पीडितका  पचास हजार घर बनाउन भारत सरकारले सहयोग गर्ने

logo
प्रकाशित २०७४ फागुन २५ शुक्रबार
india-flag.jpeg

काठमाडौं। भारत सरकारले नेपालका भुकम्प पीडितको घर निर्माणको लागि सहयोग गर्ने भएको छ। नुवाकोट र गोरखाका भुकम्प पिडितका ५० हजार घर बनाउनका लागि भारत सरकारले सहयोग गर्ने भएको हो। 

भारतले संयुक्त राष्ट्र विकास कार्यक्रम र संयुक्त राष्ट्र सेवा आयोजनाको कार्यालयसँगको सहकार्यमा नेपालका भुकम्प पीडितका घर निर्माणका लागि सहयोग गर्ने बताएको हो। 

राष्ट्रसंघीय यी दुई कार्यालयसँग सहकार्य गरि भारत सरकारले गोरखामा २६ हजार ९ सय १२ र नुवाकोटमा २३ हजार ८८ भुकम्प पीडित घर परिवारलाई सामाजिक प्राविधिक सहजिकरण गर्नेछ। 

भारत सरकारले यसअघिको सहयोग सम्झौताअन्तर्गत संयुक्त राष्ट्र संघीय एजेन्सीलाई गोरखा र नुवाकोटमा सुरक्षित पुनःनिर्माणका लागि झण्डै रु एक अर्ब ६२ करोड अनुदान प्रदान गर्नेछ । 

भारत सरकारले उक्त सहयोग राष्ट्रसंघीय दुई संस्थाको साझेदारीमा दुई जिलाका भूकम्पपीडित घरधनीलाई सामाजिक प्राविधिक सहजीकरणअन्तर्गत क्रमशः प्रदान गर्नेछ ।  

राष्ट्रसंघीय यी दुई निकायबाट आएका सहयोगी कार्यकर्ताहरुले सरकारले यस अघी बनाएको मापदण्ड अनुसारका घर निर्माणमा नै लागि पर्नेछन्। 

समझदारी पत्रमा भारतको तर्फबाट नेपालका लागि भारतका दुतावासका डिपुटी चिफ अफ मिसन अजय कुमार, युएनडिपीका देशिय निर्देशक रिनाउड मेयर, यूएनओपीएसका क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख सञ्जय माथुरले हस्ताक्षर गरेका छन्। 

समझदारी पत्र हस्ताक्षर कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसाल, भारतीय राजदूत मन्जिवसिंह पुरीले उक्त सहयोगले पुनःनिर्माणमा सहयोग पुग्ने विचार व्यक्त गरेका थिए। कार्यक्रममा  सरकारका उच्च पदस्थ अधिकृतहरुको सहभागिता थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ