arrow

किम र ट्रम्प आमुन्ने सामुन्ने हुँदै 

logo
प्रकाशित २०७४ फागुन २५ शुक्रबार

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनवीच मे महिनाभित्र भेटवार्ता हुने खुलासा भएको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस बाहिर बोल्दै दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ एउइ यङले, कोरियाली प्रायद्वीपमा निशस्त्रीकरणको विषयमा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गर्ने खुलासा गरेका हुन् । चुङ तिनै व्यक्ति हुन् जसले यही साताको शुरुवातमा उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गरेका थिए ।

दक्षिण कोरियाली प्रतिनिधि मण्डल वासिंटन पुुगेलगत्तै, एक अर्काका कट्टर विरोधी नेताहरु ट्रम्प र किमवीच प्रत्यक्ष कुराकानी हुने खुलासा भएको हो । ट्रम्प र किमवीच हुने भनिएको भेटवार्तालाई असाधारण र अप्रत्यासित भनिएको छ । दक्षिण कोरियाली राष्ट्रपति मून जाए इनसँग कुरा गरेपछि, ट्रम्प उत्तर कोरियाली नेता किमसँग भेटघाट गर्न सहमत भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । ट्रम्पसँगको भेटवार्तापछि ह्वाट हाउस बाहिर पत्रकारहरुसँग बोलेका दक्षिण कोरियाली राष्ट्रिय सुरक्षा सल्लाहकार चुुङ एउइ यङले भनेः“ मैले राष्ट्रपति ट्रम्पलाई उनको नेतृत्व, र अन्तर्राष्ट्रिय एकताका लागि उनले लिएको अधिकतम दबावपूर्ण नीतिको बारेमा व्याख्या गरेपछि, दुई कट्टर नेतावीच वार्ता गर्ने बिन्दु तय भएको हो“ । 

दक्षिण कोरियाली टोलीसँगको भेटवार्तामा उत्तर कोरियाली नेता किम आफ्नो क्षेप्यास्त्र परीक्षण सहित निशस्त्रीकरणका लागि सहमत भएको दक्षिण कोरियाली अधिकारीहरुको दाबी छ । नेता किमले आफ्नो आणविका कार्यक्रम स्थगनका लागि अमेरिका र दक्षिण कोरियावीचको संयुक्त सैन्य अभ्यास रोक्नु पर्ने शर्त समेत नराखएको उनीहरुको दाबी छ । 

लामो समयको प्रयासपछि, उत्तर कोरियाले दक्षिण कोरियामा आयोजित हिउँदे ओलम्पिकका भाग लिएसँगै उत्तर र दक्षिणकोरिसँगै अमेरिकावीचको सम्बन्धमा घटनाक्रमले नयाँ मोड लिएको हो । यही हप्ता दक्षिण कोरियाली राष्ट्रपति मून जाए यिनले, उत्तर कोरियामा उच्चस्तरीय प्रतिनिधि मण्डल पठाएका थिए । उनीहरु घर फर्किल गलत्तै राष्ट्रपति मूनले, अर्को कूटनीतिक टोली वासिङ्टन पठाएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ