arrow

अमेरिका यसरी बन्दैछ साउदी अरब 

logo
प्रकाशित २०७४ फागुन २५ शुक्रबार
saudi_arab.jpg

काठमाडौं । पछिल्लो समय तेल उत्पादनको हिसावले अमेरिकाले साउदी अरबको स्थान लिन लागेको छ । अहिलेसम्म तेल उत्पादनको हिसावले साउदी अरब बादशाहको रुपमा चिनिँदै आएको थियो । 

पछिल्लो एक दशकदेखि अमेरिकाले पनि तेल उत्पादनमा साउदीलाई चुनौती दिन लागेको हो । २०१६ मा अमेरिकामा प्रतिदिन १.२४ करोड ब्यारेल तेल उत्पादन हुने गरेको थियो । यो पछिल्लो दशकको तुलनामा ८२ गुणा बढी हो । यो बृद्धि तेलको विक्री तथा उत्पादन समेतमा देखिएको हो ।

साऊदी अरब अहिले पनि सर्वाधिक तेल उत्पादक देशमध्ये एक हो । तर, २०१४देखि नै अमेरिका साउदी र रुसलाई पनि तेल उत्पादनमा पछाडि पार्ने मनस्थितीमा रहेको छ । अन्तराष्ट्रिय उर्जा एजेन्सीले भनेको छ कि यस वर्ष अमेरिकाले तेल उत्पादनमा आफू १ नम्बरमा आउने प्रतिवद्धता व्यक्त गरिसकेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ