arrow

महिलाको महिनावारीको बारेमा सेलिब्रेटी र कलाकारहरु यसरी पोखिए क्यानभासमा

logo
प्रकाशित २०७४ फागुन २५ शुक्रबार
usaha-khadgi-art.jpg

काठमाडौं। महिलाहरुमा प्रत्येक महिना हुने मासिक श्राव अर्थात महिनावारी अभिसाप वा कमजोरीको रुपमा नलिइ स्वभाविक जैविक प्रक्रियाको रुपमा लिनुपर्ने पक्षमा रहेका सरोकारवालाहरुले यो अभियानलाई गती दिदै विस्तार गरेका छन्। 

विगत केहि बर्षदेखि महिलाको मासिक श्रावको विषयमा काम गर्दै आएको मित्र समाजले महिनावारीको चार दिनलाई 'पिरियड पावर'को रुपमा वकालत गर्दै आएको छ। मासिक श्रावको यो चार दिनलाई नेपाली समाजमा अझै पनि रुढीवादी सोचले हेरिने गरेको कारण महिलाहरुले समस्या झेल्नु परेको तीतो अनुभवपछि अभियान शुरु गरिएको मित्र समाजका विवेकसिंह ठकुरीले बताए। 

चार दिनको पिरियडलाई नेपालमा चल्तिका भाषामा 'पर सर्ने' भनिन्छ। नेपालमा प्रत्येक महिना करिव ९६ लाख महिला 'पर सर्ने' हुन्छन्। त्यसमध्ये बहुसंख्यक महिलाहरु अझै पनि परम्परागत रुपमा चलि आएको व्यवहारलाई अगाल्दा नियमित रुपमा गर्ने काम गर्न पाइरहेका हन्नन। 

किशोरीहरुको यस समयमा विद्यालय नजाँदा उनीहरुको अध्ययन समेत छुट्ने गरेको छ। पर सर्ने समयमा कम्तिमा ४० दिन एक किशोरीले विद्यालय समेत छुटाइरहेका हुन्छन। 

देशकै समस्या रहेपनि खासै वास्ता नभएको यो विषयमा मित्र समाजले केहि बर्ष देखि अभियान नै सञ्चालन गर्दै आएको छ। सेलिब्रेटी महिलाहरु यो अभियानमा स्वयंसेवी रुपले योगदान गरिरहेका छन्। काठमाडौं बाहिर विभिन्न जिल्लामा काम गर्दै आएको समाजले शहरी भेगमा समेत समस्याको रुपमा रहेको यो विषयमा वकालत गर्दै आएको छ। 

समाजले अन्तराष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न सेलिब्रेटी महिला र कलाकारहरुलाई सहभागि गराएर कलाका माध्यमबाट अनुभव साटासाट गरेको छ। महिनावारीको समयलाई उनीहरुले कसरी अनुभव गर्छन भन्ने कुरालाई उनीहरुले क्यानभासमा उतारेका थिए। 

पूर्व मिस नेपाल उषा खड्गी, सुगारिका केसी, बरिष्ठ कलाकार चिराग वाङदेल लगायतका कलाकार तथा सेलिब्रेटीहरुले महिनावारीको बिषयमा आफ्नो सोच क्यानभाषमा उत्कृष्ट ढंगले उतारेका थिए। 

फरक ढंगले सञ्चालन भएको कार्यक्रममा महिनावारीको समयलाई पिरियड पावरको रुपमा व्याख्या गर्ने सामग्री एवं गीत संगीत प्रस्तुत गरिएको थियो। वाटर एड यूकेको सहकार्यमा मित्र समाजले महिनावारीको विषयलाई नीतिगत रुपमा कसरी  सम्वोधन गर्न सकिन्छ भने काम गर्दै आएको छ।

महिनावारीको समयमा कसरी स्वस्थ जीवन जीउने, महिलाहरुको लागि विद्यालय तहमा अलग शौचालयको व्यवस्था शौचालयमा पानीको उपलव्धता लगायतका विषयमा सरकारलाई समेत घच्घच्याउने काम हुँदै आएको समाजका अभियन्ता ठकुरीले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ