arrow

'सुपर सिक्स'मा पुग्न नेपाल बिकल्परहित !

logo
प्रकाशित २०७४ फागुन २५ शुक्रबार
Cricket_Nep_Zim.jpg

काठमाडौं। विश्वकप क्रिकेट छनौट प्रतीयोगितामा लगातार दुई खेल हारेको नेपालको दोस्रो चरण (सुपर सिक्स) पुग्ने आशा जिवितै रहेको छ। 

जिम्बाब्वे र स्कटल्याण्डसँग पराजित भैसकेको नेपाली टोलीले अफगानिस्तान र हङकङलाई पराजित गरेमा नेपाल 'सुपर सिक्स' पुग्ने निश्चित रहेको छ। 

नेपाललाई दोस्रो चरणमा प्रवेश पाउन  बाँकी दुई खेलमा बिजयी हुने बाहेक अरु बिकल्प नरहेको कप्तान पारस खड्काले बताएका छन्। 

नेपालले शनिवार अफगानिस्तान बिरुद्ध प्रतिस्पर्धा गर्दैछ। प्रतियोगीतामा तीन खेल हारेको अफगानिस्तान र दुई खले हारेको नेपाल बिच भिडन्त हुने छ। 

अफगानिस्तान आईसीसीको पुर्ण सदस्य रहेको छ। अफगानिस्तानको पछिल्लो सफलताहरुले गर्दा आईसीसीले उसलाई पुर्ण सदस्यको मान्यता दिएको छ। अफगानिस्तान टेष्ट मान्यता प्राप्त राष्ट्र हो। 

तीन खेल हारिसकेको अफगानिस्तानको दोस्रो चरण पुग्ने संभावना गणतीय मात्र रहेको छ। नेपाल र अफगानिस्तानको खेलमा अफगानिस्तानले अधिकांश खेलमा नेपाललाई पराजित गरेको छ। 

अफगानिस्तानका कप्तान अश्गर स्टानिक्जाई र मोहम्मद शाहजाद बिना रहेको अफगानिस्तान तुलनात्मक रुपमा कमजोर रहेको छ। स्टार बलर रशिद खानले अफगानिस्तानको कमान सम्हालेका छन्। 

नेपालको ब्याटीङ नचलेको कुरा कप्तान पारस खड्काले स्विकारेका छन्। स्कटल्याण्ड बिरुद्धको खेलमा नेपाली ब्याटीङ नचल्नाले १४९ रनमा समेटीएको थियो। अफगानिस्तान र हङकङसँग पनि ब्याटीङ नचल्ने हो भने जित गाह्रो छ। 

नेपाली बलरहरुले भने राम्रो प्रदर्शन गरिरहेका छन्। १ सय ५० रनको लक्ष्य पच्छ्याउँदा नेपालले सक्टल्याण्डको ६ विके लिएको थियो। 

नेपालको समुहबाट सक्टल्याण्ड दोस्रो चरण प्रवेश गरिसकेको छ भने जिम्बाब्वेले पनि आफ्ना दुई खेल जितेर दोस्रो चरणको ढोका उघारिसकेको छ। जिम्बाब्वेले नेपाल र अफगानिस्तानलाई पराजित गरिसकेको छ भने हंकं र स्कटल्याण्डसँग खेल्न बाँकी रहेको छ। 

यदी प्रतीयोगिताका खेलहरुमा उतार चढाव आएन भने जिम्बाब्वे दोस्रो चरण पुग्ने निश्चित जस्तै रहेको छ। एक ठाउँकालागि नेपाल र हङकङ बलियो प्रतिस्परधिका रुपमा देखिएका छन्। नेपालले आफ्ना दुवै खेल जितेमा दोस्रो चरण पुग्ने छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ