arrow

भारतीय दूतावासद्वारा २०० जनालाई छात्रबृत्ति प्रदान 

logo
प्रकाशित २०७४ फागुन २५ शुक्रबार
embassy_scholor.jpg

काठमाडौं । नेपाल स्थित भारतीय दूतावासले विभिन्न विषयमा अध्ययन गरिरहेका २०० जना नेपाली विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरेको छ । शुक्रबार काठमाडौंको दरबारमार्ग स्थित होटल अन्नपूर्णमा भएको एक विशेष कार्यक्रममा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी र नेपाल स्थित भारतीय राजदूत मञ्जिवसिंह पुरीले सो छात्रबृत्ति प्रदान गरेको हो । 

नेपाल भारतबीच आर्थिक सहकार्य सुरु भएको ५० वर्षगाँठको अवसरमा सन् २००२ बाट सुरु भएको छात्रबृत्ति कार्यक्रम बाट अहिलेसम्म २१ सय ५० जना लावान्वित भईसकेको भारतीय राजदूतावासले जनाएको छ । दूतावासले भारत सरकारको स्वर्ण महोत्सव छात्रबृत्ति योजना अन्तर्गत् यो कार्यक्रम सञ्चालन गरेको हो । 

सन् २००२ बाट सुरु भएको सो कार्यक्रममा पहिलो चरणमा २००७ सालसम्म ५० विद्यार्थीलाई यस्तो छात्रबृत्तिदिएकोमा सन् २००८ बाट सय जना र २०१२ बाट आजसम्म २०० जनालाई छात्रबृत्ति दिईँदै आएको दूतावासले जनाएको छ । 

छात्रबृत्ति नेपालका विभिन्न क्याम्पसहरुमा अध्ययनरत एमबिबिएस विई, विएससी, बिए, बिएड सहित अन्य विभिन्न स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई दिईने गरेको छ । यस छात्रबृत्ति अन्तर्गत् एमबिबिएस विद्यार्थीले प्रत्येक ५ वर्षसम्म ४ हजार, विईका विद्यार्थीले प्रत्येक महिना ४ हजारका दरमा ४ वर्षसम्म छात्रबृत्ति पाउनेछन् । त्यस्तै, स्नातक तहमा अन्य विषय पढ्ने विद्यार्थीहरुले प्रत्येक महिना ३ हजार ३ वर्षसम्म पाउनेछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ