arrow

आइएमईद्वारा राष्ट्रिय फुटबल टिम सम्मानित

logo
प्रकाशित २०७२ माघ १७ आइतबार
ime2.jpg.jpeg
काठमाडौ ।  बंगबंधु गोल्डकप जितेका नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी एवं खेल पदाधिकारीहरुलाई  आइएमई लिमिटेड एवं ग्लोबल आइएमई बैंक लिमिटेडले सयूक्त रुपमा जनही रु २५ हजार सहित सम्मान गरेको छ । ललितपुर सातदोबाटो स्थित एन्फा हाउसमा आज एक कार्यक्रमको  आयोजना गरी उक्त सम्मान प्रदान गरिएको हो । सम्मान कार्यक्रम आइएमई लिमिटेडका कार्यकारी अध्यक्ष चन्द्र प्रसाद ढकाल लगायत प्रमुख अतिथी एवं विशिष्ट अतिथीले टीका तथा खादाले सम्मान गरेका थिए । 
 
कार्यक्रममा ढकालले फुटबल खेल आफ्नो पनि  वाल्यकालको प्रिय रहेको  स्मरण गर्दै  खेल क्षेत्रमा आफु र आफु सम्बद्ध कम्पनीले सहयोग गर्दै जाने धारणा राखेका थिए ।  ग्लोबल आइएमई बैंकले कुनै पनि राष्ट्रिय टिमका खेलाडीलाई शुन्य मौज्दातमा खाता खोल्ने सुविधा तथा निशुल्क एटीएम कार्ड उपलब्ध गराउने घोषणा गरेको छ।
 
सम्मान कार्यक्रमलाई आइएमई लिमिटेडका प्रमुख कार्यकारी आइएमई लिमिटेडका कार्यकारी निर्देशक हेम राज ढकाल , ग्लोबल आइएमई बैंकका निमित्त कार्यकारी अधिकृत जनक शर्मा पौड्याल एवं आइएमईका कार्यकारी प्रमुख सुमन पोखरेलले सम्बोधन गर्दै गौरवशाली जीतका लागि प्रतिभाशाली नेपाली खेलाडी एवं खेल पदाधिकारीहरुलाई हार्दिक बधाई तथा शुभकामाना व्यक्त गरेका थिए ।
 
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली राष्ट्रिय फुटबल टिमका टिम कप्तान विराज महर्जन एवं प्रमुख प्रशिक्षक वाल गोपाल महर्जनले नीजि क्षेत्रको रुपमा आइएमई समुहले खेल क्षेत्रलाई दर्शाएको प्रोत्साहनले थप खेल कौशल प्रदर्शन गर्न आफुलाई प्रेरणा मिलेको मन्तब्य व्यक्त गरेका थिए ।  प्रमुख अतिथी एवं अखिल नेपाल फुटबल संघका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले खेल क्षेत्रमा आइएमई समुहको स्वतस्फुर्त प्रोत्साहनका लागि अध्यक्ष ढकालमार्फत् सवैमा कृतज्ञता व्यक्त गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ